Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

अमेरिकी स्वतन्त्रता संग्रामी सैनिक जनरल पुलस्की महिला थिइन् ? खुल्यो अचम्मको रहस्य !

admin

Pulaski

काठमाडौँ — चैत्र २४ ।

अमेरिकी स्वतन्त्रता संग्राममा सहभागि एक सैनिक जनरलको लिंगका बारेमा यतिबेला नयाँ खुलासा भएको छ ।

अनुसन्धानकर्ताहरुले १८ औं शताब्दीमा भएको स्वतन्त्रता संग्राममा सामेल पोलिश–अमेरिकी जनरल कासिमिर पुलस्की या त महिला थिइन् नभए पनि इन्टरसेक्सवाला थिइन् भनेका छन् ।

वैज्ञानिकहरुले गरेको लगातारको अनुसन्धानपछि अढाई सय वर्षपछि आएर उनी पुरुष नरहेको खुलासा भएको हो ।

सन् १७७७ मा जर्ज वासिंगटनको सेनामा सामेल भएर व्रिटिश सेनासँग लड्ने पुलस्कीलाई पोल्याण्ड र अमेरिका दुबै देशमा युद्ध नायकका रुपमा मानिन्छ ।

लगभग २० वर्ष पहिले वैज्ञानिकहरुले उनको कंकालमा गरेको अनुसन्धानमा महिलाको विशेषता पाएको बताएका थिए । यद्यपि, त्यो उनकै थियो थिएन भन्ने पुष्टी गर्न सकेका थिएनन् ।

तर अहिले आएर डीएनए परीक्षणपछि उक्त कंकाल पुलस्कीकै भएको पुष्टी भएको हो । यससम्बन्धमा बनेको एक डकुमेन्ट्री यही अप्रिल ८ मा स्मिथसोनियन च्यानलमा प्रशारण हुँदैछ ।

को हुन् पुलस्की ?

सन् १७४५ मा पोल्याण्डको वार्सामा जन्मिएका पुलस्की सानो उमेरमै राजनीतिमा चासो राख्दथे ।

किशोरी वयमै उनलाई पोलिश स्वतन्त्रताका लागि संघर्ष गर्न थालेपछि रुसले देश निकाला गरेको थियो । त्यसपछि उनी पेरिस पलायन भएका थिए ।

त्यही उनले अमेरिकी स्वतन्त्रता क्रान्तिकारी बेन्जामिन फ्रैंकलिनलाई भेटे । त्यही भेटपछि उनी अमेरिकी स्वतन्त्रता संग्राममा संलग्न हुन तयार भए र सन् १७७७ को ब्रयान्डिविनको लडाईमा उनले जर्ज वाशिंगटनको ज्यान बचाए ।

तर सन् १७७९ मा ३४ वर्षको उमेरमै सावनको घेराबन्दीमा परेर सख्त घाइते बनेका उनको केही समयमै मृत्यु भएको थियो ।

जर्जियाको सावनकै एक स्मारकमा धातुको भाँडोमा संरक्षित गरिएको पुलस्कीको हड्डी दुई दशकअघि स्मारक हटाउने क्रममा निकालेर अनुसन्धान गरिएको थियो ।

एरिजोना विश्वविद्यालयका फोरेन्सिक वैज्ञानिक चाल्र्स मब्र्सले जर्जिया विश्वविद्यालयका फोरेन्सिक वैज्ञानिक डा. करेन बन्र्ससँग मिलेर अनुसन्धान गरेका थिए ।

अनुसन्धानमा उनीहरुले पुलस्कीका भतिजीको अवशेषलाई फलो गरेका थिए ।

तर त्यतिबेला डीएनएबाट पुष्टी हुन नसकेपनि पछि अरु तीन जनाले उत्कृष्ट प्रविधिसहित गरेको परीक्षणमा पुलस्की महिला या इन्टरसेक्सवाला भएको पुष्टी भएको जनाइएको छ ।

(बीबीसीबाट)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको