Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

आईपीएलमा रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी, दिल्लीले निकाल्यो तेस्रो जित

admin

delhi

बैंगलोर— चैत्र २५ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी छ । आइतबार घरेलु मैदानमा बैंगलोरले दिल्लीसँग ४ विकेटले पराजित हुँदै जारी सिजनमा लगातार छैठौं पराजय व्यहोरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा बैंगलोरलाई १४९ रनमा समेटेको थियो । बैंगलोरले उक्त योगफल तयार पार्ने क्रममा ८ विकेट गुमाएको थियो । १५० रनको लक्ष्य पाएको दिल्लीले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १५२ रन बनाएर जित हासिल गरेको हो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै मोइन अलीले ३२, आकाशदीप नाथले १९ र एबी डेभिलियर्सले १७ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । उनले ४ ओभरमा २१ रन दिएर चार विकेट हात पारेका हुन् । त्यस्तै क्रिस मोरिसले २ र सदीप लामिछाने र अक्षर पटेलले एक–एक विकेट लिए ।

दिल्ली क्यापिटल्सका लागि कप्तान श्रेयस ऐय्यरले सर्वाधिक ६७ रन बनाए । त्यस्तै, पृथ्वी शाले २८, कोलिन इन्ग्रामले २२ रन बनाए ।

बलिङतर्फ बैंगलोरका नवदीप साइनीले दुई, टिम साउथी, पवन नेगी, मोहम्मद सिराज र मोइन अलीले एक–एक विकेट लिए ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको