Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

आईपीएलमा चौथो जितका साथ कोलकाता शीर्ष स्थानमा

admin

KKR

काठमाडौँ — चैत्र २५ ।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाईट राईडर्सले चौथो जित निकालेको छ ।

गएराति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकटले हराएको हो ।

जयपुरमा राजस्थानले दिएको १ सय ४० रनको लक्ष्य कोलकाताले १३ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

कोलकाताको जितमा क्रिस लीनले ५० रन जोड्दा सुनिल नारिनेले ४७ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाएको थियो ।

उसका लागि स्टिभ स्मिथले ७३ रनको योगदान दिँदा जोस बट्लरले ३७ रन जोडे ।

गएरातिको जितसँगै कोलकाता लिगको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलबाट ८ अंक जोडेको छ ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको