Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

admin

raprapa jhadap

काठमाडौँ — चैत्र २५ ।

हिन्दू राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनबाट अध्यक्ष कमल थापासहितका नेता गिरफ्तारीमा परेका छन् ।

प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई गिरफ्तार गरेको थियो । तर कार्यकर्ताहरुले प्रहरी नियन्त्रण परिसकेका थापासहितका नेतालाई खोसेर आफैसँग फिर्ता ल्याएका छन् ।

raprapa jhadap

काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन पद्मोदय मोडमा पुग्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडपको अवस्था आएको थियो ।

प्रहरीले अध्यक्ष थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्रे पनि कार्यकर्ताले फेरि फिर्ता ल्याएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपाले सोमबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेको थियो ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको