काठमाडौँ — चैत्र २६ ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंङ्स इलाभेन पन्जाबले चौथो जित निकालेको छ ।
गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौथो जित निकालेको हो ।
चन्डीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको १ सय ५१ रनको लक्ष्य पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।
पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले ।
राहुलले अविजित ७१ रनको योगदान दिँदा अग्रवालले ५५ रन जोडे । हैदरावादका सन्दीप शर्माले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रन जोड्दा विजय शंकरले २६ रन जोडे ।
जितसँगै ६ खेलबाट ८ अंक जोडेको पन्जाब लिगको तेस्रो स्थानमा उक्लिएको छ । ६ अंक जोडेको हैदरावाद लिगको चौथो स्थानमा छ ।
(ईमेज खबर)