Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

मानव अधिकारसहित संसदका २ समितिको बैठक बस्दै प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै

राहत र उद्दारमा लाग्न जेसिजको आग्रह

admin

राष्ट्रखबर
केहिदिन देखि परेको अबिरल बर्षाका कारण तराइकाजिल्लाआएको बाढीबाट पीडित बनेकाहरुको उद्धार तथा सहयोगमालाग्न नेपाल जेसिजले आब्हान गरेको छ । १३८ शाखाका ५ हजार भन्द धेरै सदस्यहरु बाढी पीडितको सहयोगतथा उद्धारमामालागि सकेका छन् भने खाद्यान्न, कपडा, त्रिपाल र पिउने पानीको ब्यबस्थागरिरहेका छन् । कतिपय स्थानमाखानापकाएर खुवाइरहेको जानकारी दिदैं नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी ले झापा, मोरङ, सुनसरी, टीकापुर, चितवन, हेटौंडा लगायतको क्षेत्रमा आफ्ना सदस्यहरु उद्धार कार्यमा लागिरहेको बताए । अध्यक्ष अधिकारीले काठमाडौंमा रहेको जेसिजका शाखा र बिभिन्न संघ संस्थाहरु सँग समन्वय गरेर राहत संकलन र बितरण शुरु गरिसकेको जानकारी दिए ।
नेपाल जेसिजबाट पाउने सुबिधाको रकमबाट बाढी पीडितकालागि खर्च गर्ने घोषणा गर्दै अध्यक्ष अधिकारीले तन मनबाट बाढीपिडितको सहयोगमा लाग्न जेसिज सदस्यहरुलाइ आग्रह गरे ।
केन्द्रिय पदाधिकारीहरुले उद्धारको कार्यलाई प्रभाबकारी बनाउन सम्बधित स्थानमै खटिएर कार्य गरिरहेका छन् । बाढी पीडितका लागि सक्दो सयहोग गर्न नेपाल जेसिजले सर्बसाधारणलाइ आग्रह गरेको छ ।
नेपाल जेसिजले यसअघि भुकम्प पीडितहरुलाई स्वतस्र्फुत संकलनभएको ३ करोड बराबरको सामानहरु उपलब्ध गराएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको