Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

बझाङको विकट स्थान धुलीमा कसरी बसेका छन् त प्रहरी ?

admin

bajhang sima prahari

काठमाडौँ — चैत्र २६ ।

बझाङ जिल्लाको धुलीमा २०३५ सालमा स्थापना भएको सीमा प्रहरी चौकी पहिलो पटक प्रमुख जिल्ला अधिकारीले निरीक्षण गरेका छन् । उक्त प्रहरी चौकी स्थापना भए यता उच्च सरकारी तहबाट गरिएको यो नै पहिलो निरीक्षण हो ।

कार्यालय स्थापना भएको ४० वर्षपछि पहिलो पटक निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी सुरेश नेपालीसहितको टोली हालै धुली पुगेको हो । जिल्लाकै दुर्गम मानिने साईपाल गाउँपालिकामा रहेको सीमा प्रहरी चौकी धुलीको यसअघि कसैले पनि निरीक्षण नगरेको सो कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक माहानन्द जोशीले बताए ।

प्रहरी चौकी धुली पुग्न सदरमुकाम चैनपुरबाट तीन दिन पैदल हिँड्नु पर्छ । सडक संजालसँग समेत नजोडिएको साईपाल गाउँपालिकामा रहेको सीमा प्रहरी चौकी निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी नेपालीले आफुलाई यहाँको समस्या देख्दा निकै दुःख लागेको बताए । प्रहरी कर्मचारीको बासस्थानदेखि नागरिकलाई दिने सेवाका बारेमा बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालीले विकट ठाउँमा समेत राम्रो काम गरेकोमा प्रहरी टोलीलाई धन्यबाद दिए ।

सञ्चारको समेत सुविधा नभएको ठाँउमा सीमा प्रहरी चौकीले जनताको साथी नै भएर काम गरिरहेको देख्दा आफूलाई खुशी लागेको उनले बताए । ‘एक गाउँबाट अर्को गाउँ पुग्न समेत एक दिन पुरा लाग्दो रहेछ । हिमपात भएको समयमा पनि यहाँ कार्यरत प्रहरीले दुःख नभनी काम गर्दा रहेछन्,’ उनले भने ।

आफुले निरीक्षण गर्दा सिमा प्रहरी चौकी धुलीमा जनशक्ति एकदमै कम भएको, भौतिक पूर्वाधारको अवस्था नाजुक पाएको प्रमुख जिल्ला अधिकारी नेपालीले बताए । २२ जनाको दरबन्दी भए पनि अहिले १२ जना प्रहरी कर्मचारीमात्र सो चौकीमा तैनाथ छन् । आफुले केन्द्र सरकारसँग समन्वय गरि तुरुन्तै थप जनशक्तिका लागि पहल गर्ने उनको भनाइ छ ।

प्रहरीको आफ्नो जग्गा हुँदा हुँदै पनि भवन अभावमा जीर्ण घरमा स–साना ४ कोठामा १२ जना प्रहरी बस्दै आएका छन् । भौतिक पुर्वाधारका लागि साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीसँग समेत आफुले छलफल गरेको प्रमुख जिल्ला अधिकारी नेपालीको भनाइ छ ।

bajhang sima prahari

प्रमुख जिल्ला अधिकारीसँगै सिमा प्रहरी चौकी धुली पुगेका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले सो प्रहरी चौकीमा तैनाथ प्रहरीका लागि भौतिक पूर्वाधार, खानपान र बसाईको ब्यवस्था हेर्दा निकै दयनीय रहेको बताए ।

खाद्यान्न र नुनसमेत पैंचो माग्नुपर्ने बाध्यता

नेपाल सरकारले प्रहरी कर्मचारीका लागि खाद्यान्न बापत रकम छुट्याउने गरेको भए पनि सीमा प्रहरी चौकी धुलीका प्रहरीहरुले भने पर्याप्त मात्रामा कहिल्यै पनि खाद्यान्न नपाएको गुनासो गरेका छन् । खाद्यान्न अपुग भएका कारण आफुहरुले गाउँलेहरुसँग पैंचो मागेर एक छाकको जोहो गर्ने गरेको उनीहरुको भनाइ छ ।

सीमा प्रहरी चौकी नजिकै रहेका शैनगाउँ लाफडीका स्थानीय बासिन्दाबाट कहिले नुन, कहिले तेल, कहिले चामल र पिठो पैंचो मागेर आफुहरुले एक छाकको जोहो गरेको प्रहरी नायव निरीक्षक जोशीको भनाइ छ । जोशीका अनुसार गाउँमा पसल छैन । लामो समय हिमपात र वर्षाका कारण समयमा कहिले पनि खाद्यान्न पाइँदैन ।

एक केजी खाद्यान्न ढुवानी गरेबापत खच्चड र भेँडा धनीले १३० देखि १६० रुपैयाँसम्म लिन्छन् । बाटो लामो र निकै जोखिम हुनका साथै पछिल्लो समय बाटोमा बाक्लो हिउँ जमेका कारण ३/४ महिनादेखि साईपाल गाउँपालिका वडा नम्बर ४ र ५ का स्थानीय बासिन्दाले खाद्यान्न समेत ढुवानी गर्न नसकेको बताइएको छ ।

आफुहरुको मासिक तलबभन्दा बढी खर्च हुने गरेको यहाँ कार्यरत प्रहरीको गुनासो छ । सदरमुकाम चैनपुरको तुलनामा धुलीमा हरेक सामानको मूल्य ४ गुणादेखि ८ गुणासम्म बढी पर्छ ।

सरकारले दुर्गम भत्ता भनेर थप सेवा दिए पनि यहाँका लागि उक्त सेवा सुविधा प्राप्त नभएको आफुले पाएको प्रमुख जिल्ला अधिकारी नेपालीले बताए ।

(इमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको