Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

‘डन ३’ मा शाहरुख खानलाई रिप्लेस गर्दै रणवीर सिंह ‘डन’को भूमिकामा

admin

don-3 ranveer

काठमाडौँ — चैत्र २६ ।

बलिउड फिल्म उद्योगमा जब डनको कुरा आउँछ तब सबैभन्दा पहिले अभिनेता अमिताभ बच्चन र शाहरुख खानको नाम आउँछ ।

यी दुबै अभिनेताले फिल्ममा निर्वाह गरेको दमदार अभिनयका कारण अन्य अभिनेतालाई उनीहरुको ठाउँमा राखेर सोच्न गाह्रो हुन्छ । तर अब भने यी दुई अभिनेताहरुको सूचीमा एक अर्का अभिनेताको नाम थपिने भएको छ । ती तेस्रो अभिनेता हुन् बलिउड उद्योगमा नयाँ पुस्ताका पावरहाउसको पहिचान बनाएका रणवीर सिंह ।

don-3 ranveer

भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर सिंहले फिल्म ‘डन ३’ मा डनको भूमिका निर्वाह गर्ने बताइएको छ । यस अघि अभिनेता शाहरुख खानले यो फिल्म गर्ने भनिए पनि अहिले शाहरुख खानले व्यक्तिगत कारण देखाउँदै यस फिल्ममा काम गर्न अस्वीकार गरेको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । तसर्थ फिल्म निर्माताहरु डनको भूमिकाको लागि रणवीर सिंहका साथ कुराकानी अगाडि बढाइरहेका छन् ।

यस फिल्ममा अभिनेता रणवीर सिंहले डनको भूमिका निर्वाह गर्ने आधिकारिक जानकारी सार्वजनिक भएको छैन । तर ‘डन ३’ की निर्माता जोया अख्तरका साथ रणवीर सिंहले यस अघि फिल्म ‘दिल धडकने दो’, ‘गली ब्वाय’ जस्ता सफल फिल्ममा काम गरिसकेकाले उनले शाहरुख खानले यो फिल्म नगर्ने भनेपछि रणवीरकासाथ कुराकानी अगाडि बढाइरहेकी छिन् ।

रणवीर सिंह र जोया अख्तरको सम्बन्ध सुमधुर भएका कारण रणवीर सिंहले ‘डन ३’ साइन गर्ने पक्का भएको चर्चा यतिबेला भइरहेको छ ।

(उज्यालो अनलाईन)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको