Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

वरिष्ठ गायक सिताराम पोखरेलको “अल्कोहलीक लभ”को म्युजिक भिडियो सार्वजनीक (भिडियोसहित)

admin

Alchoholic Love -Sitaram Pokharel, Meena

काठमाडौँ — चैत्र २६ ।

तीन दशकभन्दा लामो समयदेखि नेपाली गीत-संगीतमा पृथक पहिचान बनाउँदै आएका वरिष्ठ गायक सिताराम पोखरेलले ‘अल्कोहलीक लभ’ लिएर नेपाली सांगितिक बजारमा आएका छन ।

हरेक गीतको म्युजिक भिडियोलाई आकर्षक बनाउने गरेका गायक सितारामले यसपटक आफ्नो गितको म्युजिकन भिडियोमा नविनतम दिएका छन ।

Alchoholic Love -Sitaram Pokharel, Meena

चलचित्र अभिनेत्रीहरुले पोखरेलको भिडियोमा अभिनय गर्ने क्रममा यसपटक अल्कोहलीक लभमा चर्चित अभिनेत्री प्रियंका कार्की समेटिएकी छिन । कुनै भिडियोमा नेपाल सुन्दरीलाई त, कुनै भिडियोमा अभिनेत्रीलाई रोज्ने गरेका गायक पोखरेलले यसपटक अभिनेत्री प्रियंका कार्कीलाई रोजेका छन । भिडियोमा प्रियंकाको साथमा विनोद न्यौपाने रहेका छन ।

युट्युवबाट सार्वजनिक ‘अल्कोहलीक लभ’मा गायक सिताराम पोखरेललाई गायिका मिना पोखरेलले साथ दिएकी छिन । गितमा संगीत राहुल प्रधानको रहेको छ भने शव्द ललिता कुवँरको रहेको छ ।

खासगरी युवाहरुमा लक्षित रहेको पोखरेलको नयाँ गीत ‘अल्कोहलीक लभ’ को भिडियो निर्देशन सुव्रतराज आचार्यले गरेका छन । गायक सिताराम पोखरेलको यो १९ औं म्युजिक भिडियो हो । नविनपन भएकाले युवाहरुले गित मनपराउनेमा गायक पोखरेल विश्वस्त रहेका छन ।
गीतलाई ओ एस आर डिजिटलमार्फत सार्वजनीक गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको