Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

पत्रकार महासंघको महासचिवमा रमेश विष्टको उम्मेदवारी

admin

काठमाडौं/नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपाल विच चुनावी तालमेल हुने भएको छ । दुई संगठन विच भएको सहमति अनुसार सेन्टरले अध्यक्ष पाउने भएको छ भने युनियनले खुला उपाध्यक्ष र महासचिव लिने भएको छ ।
सेन्टरको तर्फबाट अध्यक्षमा गोविन्द आचार्य उम्मेदवार हुने भएका छन् भने युनियनबाट उपाध्यक्षमा विपुल पोखरेल र महासचिवमा रमेश विष्ट उम्मेदवार हुने भएका छन् । सेन्टरले आचार्यलाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय पहिले नै गरिसकेको छ भने युनियनको सोमबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा पोखरेल र महासचिवमा विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको