Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

रिवनको “नेपालस् फेस अफ दि इयर” सहित “मिस टिन अफ दि इयर २०१७” सम्पन्न

admin

राजधानीको नाचघरमा एउटै मञ्चमा दुई वटा सौन्दर्य प्रतियोगिता भएको छ । रिवन इन्टरटेमेन्ट प्रा.लिद्धारा आयोजित ‘मिस टिन अफ दि इयर २०१७’ र ‘नेपालस् फेस अफ दि इयर २०१७’ सम्पन्न भएको छ । ‘मिस टिन अफ दि इयरको उपाधि क्रिष्टीन पौडेलले चुमेकी छन् । प्रतियोगीतामा उनी मिस फोटो जेनिक र बेष्ट स्पिचको उपाधि समेत हात पर्न सफल भइन् ।
यो प्रतियोगीतामा सिसम भट्टराइ फष्र्ट रनरअफका साथमा मिस क्याटवाक, प्रभा टन्डन , सेकेन्ड रनर अफ र बेष्ट पर्सनालिटिको उपाधी जितिन् भने प्रभा पाण्डे थर्ड रनरअफ घोषित भइन र फेसबुक च्वाइस र बेष्ट स्क्रिन अवार्ड समेत हात पारिन । सविता श्रेष्ठ मस्ट पपुलर र बेस्ट हेयर, सपना न्यौपाने मिस व्युटिफुल र मिस कन्जिनालिटि, प्रजिना श्रेष्ठ बेष्ट फिजिक, श्रेया केसी मिस ट्यालेन्ट, सलोनी मर्हजन बेष्ट आर्ट वर्क, स्वस्ती श्री तिमिल्सीना बेस्ट डान्स, निक्की श्रेष्ठ बेस्ट सिंगर, करिष्मा दाहाल मस्ट क्रेटिभ, रेश्मा तामाङ मस्ट फ्रेण्डलीको उपाधी जित्न सफल भए ।
अर्काे प्रतियोगीता ‘नेपालस् फेस अफ दि इयर २०१७’को महिला तर्फको उपाधि आरजु सिलवाले हात पारिन् । उनले मोष्ट पपुलर बिधा सहित उपाधि चुमेकी हुन् । आस्था खनाल फष्टरनर अफका साथमा मिस फोटो जेनिक र बेष्ट फिजिक र सन्जु कथेत सेकेन्ड रनर अफका बेष्ट स्क्रिनको उपाधी जित्न सफल भइन ।

मिस क्याटवाक संजिला क्षेत्री, बेष्ट हेयर र बेस्ट स्माइल रस्मिता खत्री, बेस्ट पर्सनालिटि स्नेहा राई, मिस क्ञ्जीनियालिटि र फेसबुक रेखा चन्दले जितिन् ।
‘नेपालस् फेस अफ दि इयर २०१७’को पुरुष तर्फको उपाधी जुवान रञ्जितले जितेका छन् । उनले मिस्टर क्याटवाक, बेस्ट पर्सनालिटि, फेसबुक च्वाइस र मस्ट पपुलरसहित उपाधी जिते । अजय गहतराज फष्टरनर अफका साथमा मिस्टर ट्यालेन्ट, डयानी सरराफ सेकण्ड रनर अफका साथमा मिस्टर फोटोजेनीक र मस्ट डिजभिङ्ग र विराज राई थर्ड रनर अफका साथमा बेस्ट फिजिकको उपाधी जित्न सफल भए ।
अश्विनी झाको कोरियोगौफी रहेको प्रतियोगीताको इभेन्ट निर्देशक निशु झा रहेका थिए ।
प्रतियोगीतामा अभिनेता दिनेश शर्मा, आयुष रिजाल, अनु शाह, सुर्य चन्द,सरोज प्याकुरेल लगायत निर्णायक रहेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको