Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

admin

Dhurmus suntali sajha

काठमाडौं — चैत्र २७ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दै गरेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।

दुबईमा रहेकाे बिभिन्न संघसंस्थाहरुको आयोजना तथा चितवन समाजको संयोजनमा यही अप्रिल २६ तारिखका दिन उक्त कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिएका छन ।

ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा आउँदो अप्रिल २६ मा हुने उक्त कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिति रहने जनाईएको छ ।

कलाकार धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबइमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको