Logo
12 Nov 2025    २७ कार्तिक २०८२, बुधबार

ताजा खबर

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’ सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो पशुपति क्षेत्र विकास संकट: कार्यकारी निर्देशक जोशी सदस्य सचिव पदको लागि विवादमा, ठेकेदार र राजनीतिक दबाब सक्रिय

नेपाल महिला चेम्बरद्वारा मेला तथा स्वास्थ्य शिविरको आयोजना

admin

काठमाडौं, २९ चैत्र – नेपाल महिला चेम्बरले मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ । महिला चेम्बरले नयाँ बर्षको अवसर पारेर शुक्रबार मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको हो । नक्साल स्थित स्टार भेन्यूमा आयोजित मेला तथा स्वास्थ्य शिविरमा उधयोगी, ब्यवसायी, सर्वसाधारण आदीको उल्लेख्य सहभागिता रहेको थियो । मेलामा महिला उधेमीबाट उत्पादित हस्तकलाका सामाग्री, मेकअप सामाग्री, लत्ता कपडा तथा खाध्य सामाग्रीहरु बिक्रीका लागि राखिएको थियो । त्यसैगरि नेपाल महिला चेम्बरले स्व. ईश्वरलाल श्रेष्ठ प्रतिस्ठान, नेपाल क्यान्सर हस्पिटल र निदान हस्पिटलसँगको सहकार्य माझ स्तन क्यान्सर तथा मुटु परिक्षण सम्बन्धी शिविर आयोजना गरेको छ । शिविरमा निशुल्क रुपमा होल बडि चेकअप, ब्लड टेस्ट, इसिजी, स्तन क्यासर चेकअप गरिएको थियो ।

यसै माझ महिला चेम्बरले एक अौपचारिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम माझ राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रबन्धक अन्जना ताम्राकारलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रसम्शा पत्र प्रदान गरि सम्मान गरेका थिए । सोही अवसर माझ अध्यक्ष श्रेष्ठले नेपाल महिला चेम्बरद्वारा प्रकाशित नयाँ बर्ष २०७६ सालको पात्रोको अनावरण समेत गरेका थिए । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल महिला चेम्बरले स्थापनाको छोटो समयमा महत्वपूर्ण कार्यक्रम गतिविधीको आयोजना गर्दै महिलाहरुको आर्थिक सशक्तिकरणका निम्ती महत्वपूर्ण योगदान पुर्याउदै आएको स्मरण गरेका थिए । त्यसैगरि, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुले अवसर पाएको खण्डमा जस्तासुकै कठिन चुनौतीको सामना गर्न सक्ने बताउदै उनीहरुको क्षमतालाई प्रस्तुत गर्ने वातावरण तयार पार्न सरोकारवालाहरुले ध्यान दिनुपर्ने र महिला चेम्बर महिलालाई आत्मनिर्भर र सक्षम बनाउने दिशामा कटिबद्ध भई लाग्दै आएको बताएकी थिईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको