१ बैशाख
पोखरा ।
प्राध्यापक डा. गिरधारी शर्मा प्रजातान्त्रिक विचार समाज कास्कीको अध्यक्ष पदमा चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष पदमा वीरबहादुर कार्की, सचिवमा शिशुकला पराजुली, सहसचिवमा भूपदेव भट्ट र कोषाध्यक्षमा रेशमराज शर्मा समाजको आठौं अधिवेशनमा सर्वसम्मतबाट उहाँहरु चयन हुनु भएको हो ।
त्यस्तै, सदस्य पदमा रमेश पौडेल, डा. ईश्वर कँडेल, शान्ति भुसाल, प्राध्यापक डा यमबहादुर पौडेल, कपिलमणि दाहाल, उदयकुमार सिंह, क्षेत्रबहादुर बराल, भीम न्यौपाने र विमला भण्डारी निर्वाचित हुनुभएको छ ।
लोकप्रिय समाचार