Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

‘मिसेस गुरुङ २०१७ को ट्यालेन्ट राउण्ड होटल क्राउन प्लाजामा सम्पन्न

admin

एसके ईन्टरटेनमेन्टका प्रबन्ध निर्देशक शान्ता लामा तथा समाजसेवी लोकेन्द्र श्रेष्ठको आयोजनामा सम्पन्न हुन लागिरहेको ‘मिसेस गुरुङ २०१७ को ट्यालेन्ट शो आज नक्साल स्थित होटेल क्राउन प्लाजामा सम्पन्न भएको छ। नेपाल अधिराज्य भरीका विभिन्न गुरुङ समुदायबाट सहभागिता जनाउनु भएका गुरुङ महिलाहरुले प्रतिभा प्रस्तुत गरेका थिए। नेपालका ख्याती प्राप्त नृत्य निर्देशकहरुले निर्णायकको भुमिका निभाउदै सम्पुर्ण सहभागिताहरुलाई ग्रान्ड फिनालेको लागि शुभकामना समेत ब्यक्त गर्नुभयो। निर्णायकहरुमा प्लाजा ग्रुपका खेम शर्मा,ग्याङ स्टार ब्लुस,गाजलु जस्ता चर्चित चलचित्रका नृत्य निर्देशक केशव थापा,आर्टिस्ट नेपाल तथा एनन मिडिया ग्रुपका का सी.इ.ओ  एवं संचारकर्मी राज लुइँटेल, राज मेकअप स्टुडियो तथा दक्ष इन्टरनेसनलका सी.इ.ओ  राज पान्डे, दर्पण छाँया,दुलही,हाइवे जस्ता सफल चलचित्रका नृत्य निर्देशक पुर्णम राई,नेपाली म्युजिक इन्डस्ट्रीका नृत्य निर्देशक जगत रामचन्द्र रेग्मी,गायिका तथा समाजसेवी पूजा गुरुङ र युथ कृएसन नेपालका संचालक रबि लामा हुनुहुन्थ्यो। नेपाल अधिराज्य भरीबाट गुरुङ समुदायको प्रतिनिधित्व गर्दै विभिन्न जिल्लाबाट सहभागिता जनाउदै आएका १५ जना प्रतिस्पर्धिहरुले गुरुङ समुदायको पुरानो तथा सँस्कृती झल्कने विभिन्न नृत्यहरु प्रस्तुत गर्नु भएको थियो भने कोहि प्रतिस्पर्धीहरुले कविता,गायन तथा मन्त्ब्य समेत प्रस्तुत गरिएको थियो। एस.के.ईन्टरटेनमेन्टको यो दोश्रो प्रस्तुति हो । यो भन्दा अगाडी एस.के.ईन्टरटेनमेन्टले मिसेस तामाङको आयोजना गरिएको थियो। मिसेस गुरुङ २०१७ को फाइनल यहि भदौ ११ गते राजधानीको प्रज्ञा भवनमा  हुने आयोजक शान्ता लामाले बताउनु भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको