Logo
10 Nov 2024    २५ कार्तिक २०८१, आईतवार

ताजा खबर

फाल्गुनन्दको १४०औं जन्मजयन्ती आज, कोशी प्रदेशमा सार्वजनिक बिदा एमालेले गर्‍यो मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई निलम्बन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालले आज थाइल्याण्डसँग खेल्दै सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित पाथिभरामा केबलकार बनाउने विषयमा झडप

नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकास बैक बिच जानवी कोर्ष सम्बन्धी सम्झौता

admin

काठमाडौं, बैशाख ७
नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबिआई) र कामना सेवा विकास बैंकबिच जानवी कोर्ष सम्बन्धी सम्झौता भएको छ । यही बैंशाख पाँच गते भएको उक्त सम्झौतामा एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले हस्ताक्षर गर्नु भएको हो ।
समझौतापत्रमा कामना सेवा विकास बैंकका एक सय भन्दा बढी कर्मचारीहरुलाई एनबिआईले हाल बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी प्रदान गर्दै आईरहेको विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जानवी कोर्स प्रदानगर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवम दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । विशेष गरी सहायकतह देखी सहायकप्रबन्धकतह सम्मका कर्मचारीहरुलाई लक्षित गरी यो कोर्सको डिजाइन गरिएकोमा बैंकिङ्ग जगतबाट यो कोर्सको सम्बन्धमा राम्रो प्रतिक्रिया आई धेरै बैंक तथावित्तीय संस्थाकाकर्मचारीहरुले यो कोर्स अध्ययन गरी लाभान्वितभइसकेको अवस्था छ । हाल सम्म देशका तीन हजार जनाभन्दा बढी बैंकिङ्ग कर्मचारीहरु यो कोर्समा आवद्ध भई एक हजार जनाभन्दा बढी कर्मचारीहरुले यो कोर्स उत्तिर्ण गरी जानवी प्रमाणपत्रप्राप्त गरिसकेकाछन् ।

ktm

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको