Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गे अड्डामा पनि

admin

काठमाडौ, बैशाख ७
आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको, ढुङ्गेअड्डामा बैशाख छ गतेबाट औपचारीकरुपमा शुभारम्भ गरेको छ ।
उक्त शाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका हुुन । शाखा कार्यालय समुद्घाटन गर्दे प्रमुख अतिथि मेयर गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस ्भन्दै शुभकामना व्यक्त गरे ।
त्यसैगरी, उक्तकार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, बैकका ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली ), चन्द्रागिरी न.पा. वडा नं १५ का अध्यक्ष उत्तमवहादुर राउत, सुन्दरवन अफ साइन्सका प्रिन्सिपल धुव्र आचार्यले बैंकको सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो । सो समारोहमा स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभापतित था बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले विकास निर्माणका कार्यहरुमा बैंकले दिनुपर्ने तथागर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताउनु भयो । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावीदिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीयनिकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
बैंकले देशैभरी आफ्ना एक सय १४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाखग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सुविधा, साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।

Bank

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको