Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

बाढी पिडित सहयोगार्थ आर्टिष्ट नेपालको अभियानमा,सुजुकीको ड्राईभिगंको साथ

admin

आर्टिष्ट नेपालले सुरु गर्यो आर्टिष्ट फण्ड

तराईका बाढि पिडितलाई एक लाख सहयोग अबिरल बर्षाका कारण तराईका जिल्लामा आएको बाढिबाट पिडित बनेका नेपाली नागरिकहरुको उद्धार तथा सहयोगार्थ आर्टिष्ट नेपालले सुरु गरेको आर्टिष्ट नेपाल फण्डले बाढी पिडित सहयोगार्थ करीब एक लाख बराबरको सहयोग गर्ने भएको छ । उक्त कोषमा सहयोग गर्नेु सहयोगी हातहरुलाई धन्यवाद दिदै संस्थाका सञ्चालक नव ढुङ्गेलले यसै गरि थप सहयोग गर्न ईच्छुक व्यक्तीले आर्टिष्ट नेपालको कार्यालयमा सम्पर्क गर्न सक्ने जानकारी दिए । आर्टिष्ट नेपालले यसअघि पनि कला क्षेत्रका सर्जक स्रष्टाहरुलाई उपचार लगायत विभिन्न तवरले सहयोग गर्दै आईरहेको र अहिले आर्टिष्ट नेपाल फण्ड मार्फत जम्मा रकम पिडित परिवारको हात सम्म पु¥याउने तयारी भएको बताए ।

आर्टिष्ट नेपालका प्रमुख कार्यकारी अधिकृत तथा संचारकर्मि राज लुईटेलको जन्मदिनको अवसर पारेर आर्टिष्ट नेपाल बाढी पिडित सहयोग राहत संकलनको घोषणा गरेको थियो । उक्त कोषमा आर्टिष्ट नेपालको तर्फबाट रु. १०,००० जम्मा गरि शुरुवात गरिएको थियो । सो अवसरमा उपस्थित कलाकार,संचारकर्मी लगायत सहयोगी मनहरुले कोषमा रकम एवं राहत जम्मा गराएका थिए । एस के ईन्टरटेनमेन्टले आयोजना गर्न लागेको मिसेस गुरुगं २०१७ का आयोजक शान्ता लामा तथा कार्यक्रमका प्रतियोगीहरुले रु. १०,००१ नगद सहयोग आर्टिष्ट फण्डमा जम्मा गरेका थिए ।

यसै गरि नेपालकै प्रतिष्ठित ड्राईभिगं इन्ष्टिच्युट सुजुकी मोटर ड्राईभिगं इन्ष्टिच्युटको तर्फबाट संचालक राजन क्षेत्रीले पनि १०,००५ सहयोग स्वरुप कोषमा जम्मा गरेका थिए ।

युथ क्रियसन नेपालले आयोजना गरेको मिस हेरिटेज क्विन नेपाल २०१७ का आयोजक रवि तामागं, विनोद लामा, एन्जीला वाइबा लगायत शिल्पा लामा सहितका कार्यक्रमका प्रतियोगीहरुको तर्फबाट पनि नगद सहयोग जम्मा भएको आर्टिष्ट नेपालले जानकारी दिएको छ ।

सहयोग गर्न चाहनुहुने सहयोगी हातहरुका लागि ९८४१६६१०१८,४४१९१४७ नम्वरहरुमा सम्पर्क गर्न सकिने कुरा एनन मिडिया ग्रुपका विपिन पोख्रेलले वताउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको