Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान

admin

काठमाडौ, बैशाख ७
आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्ने हेतुले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्तरूपमा उक्त बस बिसौनीको उद्घाटन गर्नु भएको हो । यसबाट उक्त क्षेत्रमा बसोवास गर्ने आमनागरिकलाई सहज हुने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापनाकाल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको कुरा जानकारी गराउनु भयो । संस्थालाई सहयोग गरिनु यसै सिलसिलाको निरन्तरता रहेको कुरा जाहेर गर्नु भयो । समितिका अध्यक्ष कार्कीले बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै बैंकको आर्थिक सहयोगमा निर्माण भएको बस बिसौनीबाट उक्त क्षेत्रका स्थानियबासी लाभान्वित हुने विश्वास व्यक्त गर्नु भयो ।
बैकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Bank

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको