काठमाडौ बैशाख ७
महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ ।
नक्सालमा अवस्थित मेरियट होटलमा शुक्रबार यो उत्पादन सार्वजनिक भएको हो । जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो । सार्वजनिकीकरण कार्यक्रममा उपस्थित हुनेहरुमा अरिहान्तग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइराला रहेका छन् । उत्पादन सार्वजनिक कार्यक्रममा जापान सेकिसुईबाट समेत सहभागी भएका थिए । ब्राण्ड नाम र टयागलाइन अनाउन्स गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गरेका थिए । जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ । जल पाइप्स एण्ड फिटिङसबारे बोल्दै जापान सेकिसुइका प्रतिनिधिले जल पाइप्स एण्ड फिटिङस गुणस्तर र विश्वासको सङकेत रहेको बताए । कम्पनीको उदेश्य ग्राहकलाई उच्च गुणस्तर दिने र विश्वास लिने उहाँको भनाई थियो । अरिहान्त ग्रुप विभिन्न उत्पादन र सेवाको एक स्थापित व्यवसाय बनेको छ । सञ्चालनमा आएको चार दशकमा, यो ग्रुपले नयाँ उचाइ चुम्नुका साथै प्रतिस्पर्धामा अब्बल देखिएको छ । व्यवस्थापनको व्यवसायिक दुरदर्शिता र रणनैनिक उदेश्यले कम्पनीलाई देशका राम्रा कम्पनीको समुहमा पार्न सफल भएको छ । अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ । अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट हुन् ।