Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानसेनापति पूर्णचन्द्र थापा निरीक्षण भ्रमणमा

admin

काठमाण्डौ
७ बैशाख
प्रधानसेनापति श्री पूर्णचन्द्र थापाले रुपन्देहीमा सञ्चालित स्वास्थ्य शिविरको साथै कपिलबस्तुस्थित श्री नारायणदल गणको सुरक्षा बेश स्युराज र चितवन जिल्लाको कसरास्थित श्री बटुकदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ । सो क्रममा थापाले श्री नारायणदल गणको सुरक्षा बेश स्युराजमा रहेको स्युराज पार्कको अवलोकन गरी बृक्षारोपण गर्नुका साथै उक्त गण तथा सुरक्षा बेशको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।
निरीक्षण पछि प्रधानसेनापति श्री थापा रुपन्देही जिल्लास्थित जीतगढी किल्लामा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीद्वारा उजिर सिंह थापाको मुर्ति अनावरण तथा झण्डोत्तोलन कार्यक्रममा सहभागी समेत हुनु भएको सेनाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ktm

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको