Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

लुटपाट घटनामा संलग्न ३ जना पक्राउ

admin

काठमाडौं, ८ बैशाख
महानगरीय अपराध महाशाखा कठमाडौंबाट खटिएको प्रहरीको टोलीले लुटपाटमा संलग्न भएका मातातीर्थ बस्ने ३८ वर्षीय नवराज तामाङ, काठमाडौं नैकाप बस्ने नुवाकोट घर भएका २८ वर्षीय दिपेश भन्ने सन्तबहादुर तामाङ र काठमाडौं मातातिर्थ बस्ने ३६ वर्षीय बिक्रम श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुले चैत्र २६ गते काठमाण्डौको रानीबारी बस्ने लालेन्द्र शेरचन, उनको श्रीमती भानुदेवी शेरचन तथा घर रेखदेख गर्ने मिठु थकाली समेत तीन जनालाई धारिलो हतियार खुकुरी, रड समेत देखाई विभिन्न गरगहना र नगद गरी करिब ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट गरि फरार भएका थिए ।
साथै प्रहरीले पक्राउ परेकाहरुको साथबाट सुनको तिलहरी, लुटपाटमा प्रयोग भएका बा.२ ज ३०६१ नम्बरको ट्याक्सी र बा.३ च ७१६४ नम्बरको जिप समेत बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

police

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको