गुल्मी, १० वैशाख
चालिस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गुल्मीको छत्रकोट गाउँपालिका ५ केवल बस्ने २६ वर्षीय अनिल सुनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महिलालाइ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खर्ज्याङ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
लोकप्रिय समाचार