Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रहरी महानिरीक्षकबाट नयाँ नियुक्त प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह

admin

काठमाडौं, १० वैशाख

प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनपद प्रहरी निरीक्षक पदमा नयाँ नियुक्त भएकामध्ये विभागीयतर्फका प्रहरी निरीक्षकहरुलाई दज्र्यानी चिन्हको साथै नियुक्तिपत्र प्रदान गर्नु भएको छ ।
२०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७५ चैत २१ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ९३ जना र खुलातर्फ १५ जना गरी कुल १ सय ८ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण भएका छन । जसमा ८ जना महिला हुनुहुन्छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७६ वैशाख ८ गतेको निर्णयले वैशाख ५ गतेदेखि लागू हुने गरी उहाँहरु प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो ।
सो अवसरमा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी महानिरीक्षक खनालले नयाँ नियुक्तिसँगै संगठनको सशक्तिकरणमा केही इँटा थपिएको चर्चा गर्नु भएको छ । साथै नयाँ आशा, भरोसा, विश्वास राखिएको अवस्थामा कार्यक्षेत्रमा इमानदार भएर नडराई र नडगमगाई दृढतापूर्वक काम गर्न निर्देशन दिनुभयो । कानुन कार्यान्वयनबाट नै शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न सकिने भएकोले ऐन कानुनको पालना गरी कार्यक्षेत्रमा खरो रुपमा उत्रनुपर्नेमा खनालले जोड दिनुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो । साथै नयाँ नियुक्त प्रहरी निरीक्षकहरुलाई समुदाय प्रहरी साझेदारी सम्बन्धि अनुशिक्षण समेत प्रदान गरिएको थियो ।

ktm

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको