
भक्तपुर
११ बैशाख
एनआइसि एशिया बैकले शाखा विस्तार गर्ने क्रममा सुर्यविनायक नपा २ बालकोटमा पनि आफनो शाखा सञ्चालनमा ल्याएको छ । बुधवार नया शाखालाइ उदघाटन गर्दै सुर्यविनायक नपा २ का वडा अध्यक्ष कमलनाथ आचार्यले बैकको प्रगतिको साथै स्थानीय प्रति विश्वास जगाउन सफल हुन अनुरोध गर्नु भयो । साथै अध्यक्ष आचार्यले आजै आफुले यस बैंकमा खाता खोली कारोबार गर्ने जानकारी दिनु भयो । समुदघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै स्थानीय वासी श्रीराम भण्डारीले बैंकले आफ्रना ग्राहकहरुलाइ बचत गर्ने तर्फ अग्रणी भूमिका खेल्न अनुरोध गर्दै बैकलाइ उचाइमा पुराउन सबैको साथ र सहयोग हुने बताउनु भयो ।
त्यसैगरी शाखा प्रवन्धक एरिराज महर्जनले बालकोट शाखालाइ उचाइमा पुराउन स्थानीयको साथ र सहयोगको खाचो परेको बताउनु भयो सोहि क्रममा प्रवन्धक महर्जनले बैकले वेस्ट ब्रान्चको अवार्ड पाएको जानकारी दिनु भयो ।
बैक पनि साथी पनि मूल उद्देश्यका साथ २१ वर्ष देखि एनआइसि एशियाले सेवा दिदै आइरहेको छ । हाल देशभरी २८९ शाखा सञ्चालनमा रहेका छन् ।
