
काठमाडौं, ११ वैशाख
बाग्मती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्य कीर्तिपुर नगरपालिका १३ बस्ने ३८ वर्षीय कृष्ण कुवँरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट कुवँरलाइ पक्राउ गरेको हो ।
२०७३ फागुन ११ गते ललितपुर जिल्ला अदालतको फैसलाले उनलाइ ठगी मुद्दामा १ वर्ष कैद तथा ६ लाख २८ हजार ६ सय ९ रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपश्चात उनी फरार भएका थिए ।
कृष्णलाई ललितपुर जिल्ला अदालतमा पेश गरिसकिएको र अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
लोकप्रिय समाचार