काठमाडौं, ११ वैशाख
काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२९१ नम्बरको बस जाँच गर्ने क्रममा प्रहरीले सिराहा गोलबजार गाउँपालिका ७ घर भएका १५ वर्षीय सरोज गुप्तालाई ब्राउन सुगर १.५ ग्राम सहित मंगलबार दिउसो पक्राउ गरेको छ ।
त्यसैगरी बाँकेको कैलाली जानकी गाउँपालिका ५ पथरैया बस्ने १९ वर्षीय खेमराज जैशीलाई ९ ग्राम ब्राउन सुगर र बाँके बैजनाथ गाउँपालिका २ बस्ने १८ वर्षीय अर्जुन बिकलाई लागूऔषध नाईट्रोभेट २० ट्याबलेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
लोकप्रिय समाचार