Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

admin

काठमाडौ, बैशाख ११
मुक्तिनाथ विकास बैंक र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबिच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १० प्रतिसतसम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गर्नु भएको थियो । यो सुविधाबाट बैंकका भिजा डेविट कार्ड भएका सम्पुर्ण सेवाग्राहीहरुलाई थप लाभहुने अपेक्षा गरिएको बैकले जानकारी दिएको छ ।
बैंकले हाल देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहक वर्गलाई बैकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम बाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध छ ।

ktm

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको