Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

सेलिब्रेटी नेपालको आयोजनामा आजदेखि नेपाल ग्रामिण चलचित्र महोत्सव किसानको बक्यौता रकम भुक्तानी गर्दै डिडिसी जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक पत्र घुससहित जलाधार व्यवस्थापन अधिकृत पक्राउ मुन्नाभाईको तेस्रो सिरिज बन्ने एन्फाका उपाध्यक्ष दावा लामा लागु औषध कारोबार मुद्दामा पक्राउ

जेसिआई  काठमाडौँ लेडी नेपालद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न

admin

जेसिआई  काठमाडौँ लेडी नेपालद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न भएको छ | बैशाख ७ गते देखि सुरु भएको जेसिज सप्ताह बैशाख १४ गते सम्पन भएको हो | जेसिअाइ काठमाण्डौं लेडी नेपाल तथा नेपाल जेसिजका पूर्व अध्यक्ष एवम् पूर्व अन्तराष्ट्रिय उपाध्यक्ष सिनेटर कितिॅ तुलाधरको प्रमुख आतिथ्यता तथा अध्यक्ष जेसि अर्चना श्रेष्ठ मुनकमिॅको सभापतित्वमा शुरु भएको जेसिज सप्ताह कुमारी क्षमा पुजा , गणेश पुजा र भैरबनाथको पुजा गरी शुभारम्भ भएको थियो । हरेक बर्ष आयोजना गरिने यस जेसिज सप्ताहमा जेसिज सप्ताहको दोस्रो दिन ८ गते जेसिआई काठ्माण्डौं लेडी नेपालका अध्यक्ष जेसि अर्चना श्रेष्ठ मुनकर्मीको सभापतित्वमा दुर्गमस्थल रोल्पाबाट आएका बिपन्न बिद्यार्थीहरुलाई स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठका प्रबन्धक तथा जेसिआई काठ्माण्डौं लेडी नेपाल तथा नेपाल जेसिजका पूर्व अध्यक्ष एवम् पूर्व अन्तराष्ट्रिय उपाध्यक्ष सिनेटर कितिॅ तुलाधरलाई छात्रवृति रकम हस्तान्तरण गरिएको थियो |

जेसिज सप्ताहको तेस्रो दिन बैशाख १० गते वडा नं २ स्थित इन्द्रायणी मन्दिर परिसरमा एक दिने महिला कानुन सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा ४५ जना दिदीबहिनीहरुको सहभागिता थियो । प्रशिक्षक कानुन सल्लाहकार वकिल सहाना प्रधानले संबिधानमा दिएको हाम्रो अधिकार के छ ? र के हो भन्ने बारे प्रशिक्षण दिएकी थिईन । साथै प्रशिक्षक प्रधानले कानुन सम्बन्धि जिज्ञासालाई सम्बोधन गरेकी थिईन । जेसिज सप्ताहको चौथो दिन १० गते मंगलबार होटेल द्वारिका बसन्तपुर स्थित सभा हलमा प्रशिक्षक द्वय जेसिआई काठमाडौँ लेडी नेपालकी पूर्व अधक्ष्य तथा नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाध्यक्ष जेसी शारदा मानन्धर पाण्डे, जेसिआई काठमाडौँ लेडी की पूर्व अध्यक्ष एवम २०१९ की सभापतिकी सल्लाहकारजेसी रजनी श्रेष्ठ ज्युले पदिय जिम्मेवारीलाई कसरी पुरा गर्ने सन्दर्भमा अति उपयोगी मुलक कुराहरु,पदाधिकारीहरुलाई काम कर्तब्यको बारेमा जानकारी गराउदै बन्धुत्वको भावनालाई थप प्रगाढ बनाउने तथा सैद्धान्तिक र ब्यवहारीक ज्ञान प्रदान गरिएको थियो । साथै अाइअोएम तालिम विहान ११ बजे देखि दिउँसो ४ बजे सम्म संचालन गरिएको थियो । उक्त तालिममा २७ जना जेसिज सदस्यहरुको सहभागिता थियो | जेसिआई काठमाडौँ लेडी नेपालको जेसिज सप्ताहको पाचौ दिन ०७६-१-११ गते बुधबार ,संसारका हरेक मान्छे सुन्दर बन्न वा देखिन चाहन्छन् । आफुलाई तुलनात्मक रुपमा राम्रो एवं आकर्षक देखाउन चाहन्छन् । तर, सुन्दर कसरी हुने ?बजारमा अनेकथरी सौन्दर्य प्रशाधन छन् । ब्युटी सैलुन छन् । ब्युटी ट्रिटमेण्ट छन् । तर, अनुहार वा छाला, कपालको लिपपोत गरेर सुन्दर भइन्छ ? यो प्रश्नसँगै जोडिएर आउने अर्को प्रश्न पनि छ । सुन्दरता के हो ? कसलाई सुन्दर भन्ने ? बिशेष गरि अनुहारको मेकअप सम्बन्धि तालिम र गुणस्तरीए सामानको जानकारी साथै प्रयोगमा हुने भिन्नता सहज रुपमा थाहा पाउने तरिका आदि सन्दर्भमा प्रशिक्षक : इन्द्रेणी शिप बिकाश तालिम केन्द्रकी संस्थापक तथा जेसिआई काठमाडौँ लेडी नेपालकी २०१९ सम्पादक जेसी रमीता श्रेष्ठले प्रशिक्षण दिएकी थिईन | उक्त तालिममा ३८ जना जेसिज सदस्यहरुको जेसिआई काठमाडौँ लेडी नेपालको जेसिज सप्ताहको छैठो दिन १२ गते बिहिबार युरो किड्समा अध्यनरत साना साना भाई बहिनीहरुलाई वि.सं. २०७२ को महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न चेतनामुलक कार्यक्रम आयोजना गरीएको थियो ।

उक्त कार्यक्रममा रेडक्रस सोसाइटिका प्रशिक्षक भक्तचन्द्र बाराहीले प्रशिक्षण दिएका थिए | जेसिआई काठमाडौँ लेडी नेपालको जेसिज सप्ताहको समापन कार्यक्रम १४ गते सम्पन्न भयो । उक्त कार्यक्रमको उदघाटन कार्यक्रमका प्रमुख अतिथि इस्कोन मन्दिर को अध्यक्ष रुपेश जोशीले पानसमा दिप प्रज्वलन गरी गरे । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘बिज्ञान जहाँ प्रत्यक बस्तुको सप्रमाण तथ्यगत बस्तुपरक खोजी हुन्छ त्यही आध्यात्म मन बुद्धि चेतना ले संचालित हुन्छ।मन चंचल हुन्छ यसलाई ध्यानवाट नियन्त्रण राख्न सकिन्छ। ध्यानवाट नियन्त्रित मन वाट गरिने कर्मले शान्ति ल्याउछ’ । संस्थाकी बर्तमान अध्यक्ष अर्चना श्रेष्ठ मुनंकर्मीले सदस्यहरुको जीबनशैलीमा सकरात्मक परिबर्तन र उनीहरुको क्षमता बिकाश गर्ने तथा समाजिक कार्य तथा सचेतनामुलक कार्यक्रमको माध्यमले समाजलाई सकारात्मक मार्गमा डोर्याउने उदेश्य अनुरुप जेसिज सप्ताहको सात दिनमा फरक फरक बिषयमा केन्द्रित रहेर कार्यक्रम तयार पारिएको बताईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको