Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

प्लानेट मल्टिमिडियाद्वारा चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण

admin

झापाको दमकस्थित चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई प्लानेट मल्टिमिडियाले सोमबार शैक्षिक सामाग्री वितरण गरिएको छ । उक्त विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई व्याग लगायत शैक्षिक सामाग्री वितरण गरेको प्लानेट मल्टिमिडियाका प्रमुख कार्यकारी अधिकृत मोहित मर्हजनले बताउनु भयो । एसइइ आइकन पुर्वान्चल प्रतिस्पर्धाको सामाजिक उत्तरदायित्व अन्तर्गत व्याग वितरण तथा नेतृत्व विकाश सम्बन्धिको छलफल समेत गरिएको प्रमुख मर्हजन जानकारी दिनुभयो । विद्यालयका शिक्षक तुलानाथ भट्टराईको प्रमुख उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सामाजिक अभियान्ता केशव दाहालको विशेष उपस्थिती रहेको थियो ।

शिक्षक होमनाथ ढकालले बिद्यालयलाई प्लानेटले गरेको सहयोग प्रति आभार व्याक्तगर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । प्लानेट मल्टिमिडियाकी दिया राईले संचालन गरेको कार्यक्रममा कोरियोग्राफर निरुमा थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नेतृत्व विकाश सम्बन्धि सामाजिक अभियान्ता केशब दाहालले नेतृत्व बिकाशको सहजी करण गर्नुभएको थियो । प्लानेट मल्टििमिडियाद्वारा आयोजित सो कार्यक्रममा एस इ इ आइकन पुर्वान्चलका प्रतिस्पर्धाका कोअर्डिनेटर सजन मगरले प्रतिस्पर्धा र अभियान बारे प्रष्ट पार्नुभएको थियो ।
प्लानेट मल्टिमिडियाले एकैसाथ देशका मोरङ्ग, धादिङ्ग दमकमा एसईई आईकन प्रतियोगीताको तयारी गरिरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको