Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

रक्की श्रेष्ठले जितिन मिसेस नेपाल आईडल २०१७ को ताज

admin

यो बर्षको मिसेस नेपाल आईडल २०१७ को दोश्रो संकरणको ताज मिसेस रक्की श्रेष्ठले हात पारेकी छिन् । राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस नेपाल आईडल’ मा उनले अन्य १८   जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारिन् । त्यस्तै “मिसेस नेपाल आईडल २०१७ को फस्ट रनरअप रुद्र कुमारी कार्की, सेकेन्ड रनरअप स्वास्ति पौडेल, थर्ड रनरअप सबिता तामाङ् घोषित भईन ।

बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्टमा स्वास्ति पौडेल, बेस्ट हेयरमा साबित्री श्रेष्ठ, बेस्ट स्किनमा ज्योति गौतम , बेस्ट फोटोजेनिकमा मिना लामा, बेस्ट पर्सानालिटीमा तुलशा अर्याल, बेस्ट क्याटवाकमा शिल्पा बस्नेत, बेस्ट स्माईलमा भूमिका सापकोटा, बेस्ट डिसिप्लिनमा गीता भुजेल,मस्ट एक्टिभमा रेखा बस्नेत श्रेष्ठ, मस्ट कन्फिडेन्टमा रक्की श्रेष्ठ, मस्ट ब्युटिफुलमा तुलशा गिरी कार्की, मस्ट ईन्टलिजिन्टमा रुद्र कुमारी कार्की, मस्ट चार्मिङमा सबिता तामाङ्, मिसेस फ्रेन्ड्सिपमा कला पाठक , मस्ट स्टाईलिसमा दृष्‍टि न्यौपाने तामाङ्, बेस्ट कम्प्लेक्सनमा कोपिला रसाईली, मस्ट स्मार्टमा कृपा चुके, मिसेस पंचलमा निर्मला सिलवाल, बेस्ट ड्रेसमा मिना लामा, मस्ट पपुलरमा कोपिला रसाईली र पब्लिक चईस एवार्ड,आ रुद्र के कार्की ले हात परेका थिए ।
कार्यक्रमको प्रमुख निर्णायकमा नायक दिपक छेत्री , संचारकर्मी अरुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका आशिश्मा नकर्मी रहेका थिए भने बिशेष गेस्टमा संचार्कर्मी तथा मुजिक भिडियो निर्देशक नब ढुंगेल तथा मिस ब्युटी क्विन नेपाल २०१७ बिजेता मनिषा पाण्डे रहेका थिए । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले मायाको चिनो प्रदान गरेका थिए भने प्रतियोगितालाई कोरियोग्राफी भने मोडेल कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिईन । प्रतिस्प्रधीहरुको अफिसियल फोटोग्राफी आर्टिस्ट नेपाल स्टुडियोसले गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको