Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तालिम सम्पन्न

admin

ललितपुर, २९ ज्येस्ठ- ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तथा एब्रोईडरी तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका ५ नम्बर वडाको आयोजना र श्रीजनसिल महिला सीप बिकाश केन्द्रको सह आयोजनामा संचालित उक्त तालिम एक महिनासम्म संचालनमा आएको थियो । तालिम सम्पन्न भएसँगै ज्येस्ठ २८ गते मंगलवार समापन कार्यक्रम राखिएको थियो । सोही कार्यक्रम माझ ललितपुर महानगरपालिका, समाज कल्याण समितिका संयोजक दिनेश कार्कीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक कार्कीले ललितपुर महानगरपालिका क्षेत्र भित्र स्वरोजगारमुलक कार्यक्रमले प्राथमिकता पाउदै आएको बताउदै प्राप्त सिपलाई सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । त्यसैगरी ललितपुर महानगरपालिका ०५ वडाका अध्यक्ष विकास मान श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उदेश्यका साथ निशुल्क तालिमको ब्यवस्था गरिएको बताउदै यस्ता जीवन उपयोगी शिपलाई ब्यबहारमा लागु गर्न सके मात्र तालिमको अौचित्य पुस्टि हुने धारणा राखे । तालिमका प्रशिक्षकद्वय दिपा शाक्य र निर्मला शाक्यले एडभान्स मखमली जुत्ता बनाउने तालिमबाट मनग्य आम्दानी गर्न सकिने जनाउदै आफूले सिकेको सिपलाई त्यसै खेर जान नदिन आग्रह गरे । कार्यक्रममा महिला सदस्य शोभा देवी प्रधान श्रेष्ठ, वडा सदस्य अशोक श्रेष्ठ, पुनम निरौला लगायतको ऊपस्थिती रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको