Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

मिसेस नेपाल ईन्टरनेशनलको ग्राण्ड फिनाले आश्विन ३ गते

admin

विवाहित महिलाबीच अमेरिकामा हुने मिसेस इन्टरनेसनल २०१८ प्रतियोगितामा अब नेपालको पनि प्रतिनिधित्व हुने भएको छ। रिवन इन्टरटेनमेन्ट प्रालिले मिसेस नेपाल इन्टरनेसनल २०१७ आयोजना गरी त्यसमा विजयी हुने विवाहित महिलालाई सो प्रतियोगितामा सामेल गराउने प्रबन्ध मिलाएको हो। रिवन इन्टरटेनमेन्टले घरेलु हिंसाविरुद्धको अभियानलाई अगाडि बढाउँदै मिसेस नेपाल इन्टरनेसनल २०१७ आयोजना गर्ने भएको छ। इभेन्ट निर्देशक निशु झाका अनुसार मिसेस नेपाल इन्टरनेसनल २०१७ का प्रतियोगीहरूलाई घरेलु हिंसाविरुद्धको अभियानमा अगाडि सार्दै यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। विभिन्न पेसामा आबद्ध तथा गृहिणीका रूपमा रहँदै आएका विवाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पुर्याउन यो प्रतियोगिता गर्न लागिएको झाले बताए। आगामी असोज ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने प्रतियोगिताको मुख्य विजेताले पुरस्कारस्वरूप स्कुटर पाउनुका साथै अमेरिकामा हुने मिसेस इन्टरनेसनल २०१८ प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने उनले बताए। यसको फाइनल प्रतिस्पर्धामा सुरूची पाण्डे, अन्विशा शेर्पा, शोभा शाक्य, सस्मिना राउत, प्रतिमा महर्जन, सन्ध्या गौतम घिमिरे, रिया राई, सम्झना भेटवाल, सरु थापा, प्रीति घिमिरे, अजिता तामाङ श्रेष्ठ, दिलमाया गुरुङ, मीरा थापा भण्डारी, रीता सिंह रिमाल, गुञ्जना ढुंगाना, सृजना अधिकारी शाक्य, प्रज्ञा खत्री, संगीता श्रेष्ठ, हेमन्ती साउद विष्ट, ममता गुप्ता दारुका, रेणु श्रेष्ठ महर्जन, शर्मिला श्रेष्ठ, संगीता कार्की खड्का, सुन्दरा सुनार, ज्योति दहाल पनेरू, सृजना महर्जन, जलता खनाल आचार्य, लक्ष्मी गुरुङ श्रेष्ठ, पूजा लामा कुँवर, आशा भण्डारी, यशोदा पोखरेल, इशा भट्टराई, सीता ओली, स्वस्तिका पौडेल चौधरी, सम्झना त्रिपाठी, लक्ष्मी तिम्लिसिना, उर्मिला श्रेष्ठ, प्रतिज्ञा राई, सृष्टिका गुरुङ, सुमित्रा कट्टेल, सारिका मल्ल प्रधान, सरस्वती मगर शाक्य र प्रेमा शाह कुँवर गरी ४३ महिलाले स्पर्धा गर्दै छन्। अभिनेता आर्यन सिग्देल र आयुष रिजाल, कोरियोग्राफर अश्विनी झा, होटल व्यवसायी बालकृष्ण पोखरेल, मिसेस नेपाल इन्टरनेसनल २०१६ की फस्ट रनर्सअप विन्दा खतिवडा र मिसेस नेपाल इन्टरनेसनल २०१५ की सेकन्ड रनर्सअप परिकल्पना राईको निर्णायक मण्डलले विभिन्न चरणमा भएको अडिसनबाट ४३ महिलालाई अन्तिम स्पर्धाका लागि चयन गरेका हुन्। प्रतियोगिताका प्रतियोगीहरूलाई नयाँ बानेश्वरस्थित होटल रानी महलमा विभिन्न विज्ञहरूद्वारा व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय मोडलिङ वर्कसप, ग्रुमिङ, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षणपश्चात प्रतियोगितामा उतारिने भएको छ। श्रद्धा खरेल र सम्राट् शाहको संयोजकवत्वमा हुने प्रतियोगितामा कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी रहनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको