Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

चर्चामा राम प्रसाद खनालको ‘दुलहा दुलही’ (भिडियो सहित)

admin

हालै अमेरिकाबाट केहि समयका लागी नेपाल आएका लोक दोहोरी गीतको बिकास र प्रर्बद्धनका अभियन्ता,अग्रज लोकदोहोरी गायक राम प्रसाद खनालको नयां गीत पन्चेबाजाको विशेष लोक दोहोरी एल्बम ‘दुलाहा दुलही’ सार्वजनिक भएको केहि दिनमा नै सर्वत्र रुचाईएको छ ।
अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिकाका केन्द्रिय अध्यक्ष समेत रहेका खनालको उक्त पन्चेवाजाको लोक दोहोरी गीत विशुद्ध मौलिक र बजारमा आएका पन्चेबाजा भन्दा पृथक र स्तरीय रहेको कारण सवैले रुचाएका हुन । लोक दोहोरी क्षेत्रका भिष्म पितामह भनेर चिनिने खनाल स्वयंको शव्द र आवाज रहेको गीतलाई चर्चित गायिका पूर्णकला बिसीले साथ दिएकी छिन । थानेश्वर गौतमको संगीत र आशिष अविरलको म्यूजिक एरेन्ज रहेको गीतको भिडियोलाई शंकर बिसीले कोरियोग्राफी गरेका छन । बिसी तथा सर्जक खनालकै संयुक्त निर्देशनमा तयार भएको भिडियोमा करिश्मा ढकाल फिचरिङ्ग रहेकी छिन भने लोकप्रिय कलाकार किरण केसी र शिवहरि पौडेलको समेत अभिनय देख्न सकिन्छ ।

विदेशमा रहेर आफ्नो पेशागत कर्म जारी राखी नेपाली कला संस्कृति एवं लोकदोहोरी, कला संगीत क्षेत्रमा निरन्तर सक्रिय खनालका हालसम्म ४८ वटा गीति एल्बम प्रकाशन गरिसकेका छन भने १२ सय भन्दा बढी गीतहरु सार्वजनिक भैसकेका छन । आफ्नै युट्युब च्यानल राम प्रसाद खनालबाट सार्वजनिक भएको भिडियो लोकप्रियता बढेसंगै आफ्नो युट्यूब च्यानल राम प्रसाद खनाललाई सव्सक्राईव्स गर्नेहरु ३ जना मध्ये प्रथमलाई पचास हजार,दोश्रोलाई तिस हजार र तेश्रोलाई बिस हजारको नगद पुरस्कार दिने घोषणा समेत गरेका छन । गत दुई बर्षमा १९ वटा लोकप्रिय गीतहरु गाएका खनालले आफ्ना केही गीतहरु आफ्नी छोरी सुष्मा खनाललाई प्रोत्साहित गर्न सुष्मा खनालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका थिए ।

हेर्नुस रामप्रसाद खनालको पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” गीतको भिडियो


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको