Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

म्याक्स कनेक्टले ल्यायो बिद्यार्थी लक्षित ईलर्निङ्ग एप ‘स्मार्टर’ , मह जोडीले गरे शुभारम्भ

admin

बिद्यालय पढ्ने भाइबहिनीहरुलाई लक्षित गरि अध्ययन गर्न सहयोग पुग्ने मोबाइल ईलर्निङ्ग एप ‘स्मार्टर’ को नेपालमा सार्वजनिक भएको छ। म्याक्स कनेक्टले संचालनमा ल्याएको मोबाइल एपको वरिष्ठ कलाकारद्वय मह जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले औपचारीक शुभारम्भ गर्नु भएको हो। उक्त औपचारिक शुभारम्भ समारोहमा म्याक्स कनेक्टका डाइरेक्टर राजेश तुलाधरले युरोप, अष्ट्रेलिया , अमेरिकामा जस्तै नेपालमा पनि यो एप मार्फत बिद्यार्थीहरुको पढाई सहज हुने बिश्वास ब्यक्त गर्नु भएको थियो।

म्याक्स कनेक्टका प्रमुख कार्यकारी अधिकृत जीत राघवले कक्षा ४ देखि ९ सम्मका विधार्थीहरुलाई लक्षित गरि नेपालको पाठ्यक्रम अनुसार स्मार्टर एप ल्याइएको जानकारी दिनु भएको थियो । यो एप, घरैमा बसेर अनलाइन तथा अफ लाइन मै पनि अडियो भिजुएल मार्फत धेरै जना प्रयोगकर्ताहरुले एकै साथ सहज तरिकाले अध्ययन तथा उपयोग गर्न सकिने जानकारी दिनुभएको थियो । ‘आधुनिक प्रविधिको अधिकतम उपयोग मार्फत मात्र वार्षिक ५ हजार शुल्क तिरेर यो एपको सेवा लिन सकिने र बिद्यार्थीहरुलाई पेपरलेस तर्फ जाने सोच अनुरुप यो एप ल्याएको’ बताउनु भयो ।

म्याक्स कनेक्ट टिमले यस अघि ‘म्याक्स कनेक्ट इआरपी’ मोबाइल एप मार्फत नेपाल र भारतका ४ सय स्कुल र २ लाख ५७ हजार विधार्थीहरुलाई आवद्ध गराई सेवा दिइरहेको छ। कम्पनीले देशभरिका डिलरहरु मार्फत हरेक स्कुलहरुमा आफ्नो सेवा प्रदान गर्ने लक्ष लिएको जनाएको छ यो एपले विधार्थी, शिक्षक, स्कुल र अभिभावकलाई एकै ठाउँमा राखी एक अर्का प्रति सुचित बातावरणको सिर्जना गर्न मद्दत गरेको कम्पनीले जनाएको छ ।

महजोडीले आफ्नो पालामा प्रविधिको उपयोग गर्न नपाएको, आफुहरुले भोगेका गार्ह्रो सार्हो बिद्यालय जीवनको स्मरण गर्दै हाल प्रविधियुक्त स्मार्टर मोबाइल एप संचालनमा आएकोले विधार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने विश्वास लिनुभएको थियो ।

यस गरि कम्पनीका म्यानेजिंग डाइरेक्टर रीना बज्राचार्यले म्याक्स कनेक्ट टिमले नेपालको बिद्यालय क्षेत्रलाई आजको डिजिटल युगमा अझ सहज बनाउनको लागी हाम्रो संस्था थप प्रतिबद्धता जनाउने बताउनुभयो ।

कम्पनिका बोर्ड डाइरेक्टरमा उमेश नकर्मी , दीपक बज्राचार्य , दीपक सिल्पकार , भवनी जेलाल र अजय महर्जन रहनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको