
काठमाडौं । एमसन इन्टरटेनमेन्ट तथा अरबिट अस्ट्रेलिया ग्रुपको संयुक्त प्रस्तुतीमा नेपाली कलाकारहरु अभिनय रहेको “क्या क्या” बोलको हिन्दी गीतको भिडियो सार्वजनिक गरिएकोछ ।
भानु प्रताप र अमर रसाइलीको संयुक्त निर्माणमा तयार पारीएको “क्या क्या” गीतको भिडियो को निर्देशन मनोज अधिकारीले गरेका हुन भने पुकार गौताम, रोजी पन्त, दिपा श्रेष्ठ, सन्दिप जो लगायतको अभिनय रहेको छ । प्रभात यादवको आवाजमा रहेको सो गीतको संगित अन्जान श्रेष्ठको रहेकोछ भने भिडियोलाई राह शर्माले खिचेका हुन । हाइलाइट नेपालको युट्युब च्यानलमा राखिएको सो गीतको भिडियो सम्पादक सुरेन्द्र पौडेलको रहेकोछ भने भिडियोको मेकिङ कन्सेप्ट भानु प्रतापकै रहेकोछ । लामो समय नेपाली चलचित्र क्षेत्रमा बिताउनु भएका कलाकार एवम निर्माता भन्नु प्रताप अहिले अस्ट्रेलिया छन । केही महिना देखी अस्ट्रेलियामा बसेका भानु प्रतापले केही नेपाली सिनेमाको बितरकको कामगर्दै आएता पनि नेपाली सिनेमा बनाउनका लागि प्रयाप्त समय नमिलेको कारणले म्युजिक भिडियो तर्फ लागेको बताएका छन । “हिन्दी” गीत नै किन गर्नु भयो त रु भन्ने सम्बन्धमा चाँही यसरी सुनाएका थिए, “साथी भाई सँग गीत मागे तर कुनै पनि नेपाली गीत उपयुक्त लागेन त्यसकारण हिन्दी गीतको भिडियो बनाएको हुँ, यस्मा सबै कलाकार नेपालीनै हुनुहुन्छ ।
हेर्नुहोस भिडियो :