Logo
01 Nov 2024    १६ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

माडी नदीमा २ जनाको शव फेला ‘सिजल एण्ड सिस्टर’ले काभ्रेका २५० परिवारलाई वितरण गर्यो राहत सामाग्री अमेरिकामा मनाइयो कुकुर तिहार गैरकानुनी रूपमा सडकमा कर नउठाउन स्थानिय तहलाई गृहको निर्देशन भारतमा ‘देवभुमी आईकन अवार्ड’ सम्पन्न लक्ष्मीपूजाको दिन हिजो बिजुलीको उच्च माग, १ हजार ६ सय २ मेगावाट

स्टार ईन्टरनेशनल अवार्डको उत्कृष्ट ३ को सम्मान श्रावण ४ गते,बिजेतालाई कतारमा अवार्ड प्रदान गरिने

admin

काठमाडौं : कतारको प्रतिष्ठित अन्तराष्ट्रिय बहुराष्ट्रिय संस्था स्टार अफ किङ्गसबाट नेपाली कला संस्कृतिको जगेर्ना तथा सांगितिक स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले पहिलो पटक नेपाली कला र कलाकारहरुलाई अन्तराष्ट्रिय प्रर्वद्धन र विस्तार गर्ने हेतु अगष्ट १२, २०१९ मा रिजेन्सी हल्स दोहा कतारमा “स्टार इन्टरनेशनल अवार्ड २०१९” को आयोजना गर्ने भएको छ ।

२०७६ सालको ज्येष्ठ मसान्तभित्र सार्वजनिक भएका गीतहरुले प्रतिस्पर्धा गर्न पाउने छन भने ईच्छुक स्रष्टा, सर्जकले असार ३१ गते सम्म फाराम भरी आवेदन दिन सकिने र श्रावण ४ गते होटल लि हिमालय (ग्याङ्गजोङ्ग),लाजिम्पाटमा उत्कृष्ट टप ३ लाई कतारी संस्थाका प्रतिनिधी तथा नेपालका विशिष्ट व्यक्तित्वबाट प्रमाण पत्र वितरण गरिने जानकारी आयोजकले दिएको छ ।

कतार, कुवेत, यु.ए.ई लगायत गल्फका देशहरुमा आफ्ना व्यापार व्यवसाय विस्तार गरि सयौ नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै आएको र नेपाली कलाकारितालाई माया गर्ने संस्था स्टार अफ किङ्गसले नेपाली मनोरन्जन ईतिहासमा पहिलो पटक अवार्डका लागी टप ३ बाट छनौट भएका विजेता कलाकारलाई अन्तराष्ट्रिय अवार्ड वितरण गर्नुका साथै केहि विशिष्ट स्रष्टालाई सम्मान गर्न लागेको हो ।

लामो समयदेखि नेपालको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना गर्दै लोकप्रिय संचारमाध्यम समेत संचालन गर्दै आईरहेको पेजेन्ट नेपाल तथा अरोमा इन्टरटेनमेन्टले संयोजन गरेको उक्त कार्यक्रममा करीब १५०० जना नेपाली, भारतीय तथा कतारी दर्शकको उपस्थितीमा नेपालका चर्चित कलाकारहरु आनन्द कार्की, सिताराम पोख्रेल प्रकाश सपुत, निरु खड्का, जानुका प्याकुली, स्मृति पोख्रेल, ,थानेश्वर गौतम,शिलाष्मा हमाल, लगायतको मनोरन्जनात्मक कार्यक्रम समेत रहने छ ।

करीव २ वर्षको निरन्तरको मिहिनेत र अटुट सम्बन्ध विस्तारपछि एक ऐतिहासीक कार्यक्रम गर्ने उद्देश्यले लागी पर्दै गए पश्चात आज आएर हामीले यस महत्वपूर्ण कार्यक्रमको आयोजनामा समन्वय गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्न पाउदा हामी निकै गौरवान्वित महशुस गरेका छौ ।

प्रमुख अतिथी पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विशेष अतिथीहरु वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, चलचित्र विकास वोर्डक अध्यक्ष केशव भट्राई, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का,वरिष्ठ गायक रामप्रसाद खनाल, वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ रचनाकार डा.कृष्णहरि बराल, वरिष्ठ कलाकारहरु किरण केसी, शिवहरि पौडेल, लगायत कतार आयोजकको तर्फबाट मुनीर कान्ठोठ लगायतको उपस्थितीमा नेपाल भरबाट छानीएका विभिन्न विधामा टप ३ मा पर्न सफल व्यक्तित्वहरुको सम्मान कार्यक्रम राखीएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको