Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

रुपा भईन मिस हेरिटेज क्विन नेपालको विजेता

admin

काठमाडौं । यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ताज मकवानपुरको रुपा लामाले जितेकी छन् । बुधबार सम्पन्न काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ग्रेण्ड फिनालीमा १४ प्रतिस्पर्धीलार्इ पछि पार्दै प्रतियोगिता नं. ८ का रूपाले उपाधि जित्न सफल भएको हो । त्यस्तै गरि पुथ्वीनगर झापाका बन्दना लामा मोक्तान फस्टरनरअप भइन्  भने  काभ्रेका संगीता तामाङ र  सरिता लामा दोङ सेकेन्ड र थर्ड रनरअपको उपाधि जितिन् । मिस हेरिटेज क्वीन विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार प्रदान गरिएको छ । यसका साथै विभिन्न विधाका टाइटलहरुको उपाधि पनि दिएकाे छ ।

प्रतियोगितालार्इ काठमाडाैं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख अातिथ्यतामा उद्घाटन भएकाे थियो । बिशेष अतिथि चलचित्र विकास बोर्डका सदस्य बरिष्ठ अभिनेता उत्तम केसी लगायत अतिथिहरू रहेको थियो ।

ग्रेण्ड फिनालीकाे निर्णायकहरु गोरखापत्र दैनिकका बरिष्ठ पत्रकार दिपक श्रेष्ठ, मिलाप मासिकका प्रधानसम्पादक कृष्ण भुसाल , अभिनेत्री राधा लम्साल, नायक गजित विष्ट, आर्टिष्ट नेपालका प्रमुख  राजेन्द्र लुइँटेल  (राज) र मोडल तथा नायिका रश्मि लामा रहनु भएकाे थियो ।

प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारी रुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले पहिलो पटक यसबर्षबाट मिस हेरिटेज क्वीन-२०१७ सुरु गरेको हो । आयोजक संस्थाको अध्यक्ष रवि लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलाकारहरु रक गायिका सरस्वती लामा, राधा थोक्रा, बुद्ध लामा घिसिङ, एस के समुह, भुवन लामा, सन्तोषी गुरुङ र हरिसा बानिया (भुनिया) लगायत रहेका थिए । कार्यक्रमलार्इ कोरियोग्रफर रोजिन शाक्य र संचारकर्मी बनु लोप्चनले संचालन गरेको थिए । आयोजक एवं युथ क्रियसन नेपालका प्रबन्ध निर्देशक मोडल शिल्पा तामागं ,कार्यकारी निर्देशक एन्जिला वाईबा तामागं तथा डान्स क्रोरियोग्राफर एवं संस्थाका बोर्ड अफ डाईरेक्टर विनोद लामाले अतिथी एवं विजेतालाई क्राउन तथा उपहारहरु प्रदान गरेका थिए ।

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको