Logo
27 Feb 2024    १५ फाल्गुन २०८०, मंगलवार

ताजा खबर

नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भजन शिरोमणी भक्तराज आचार्यको निधन राजेन्द्र महतोद्वारा लोसपा परित्याग

एमाजोन ईन्टरटेन्मेन्टबाट राहत बितरण सम्पन्न

admin

राष्ट्रखबर संबाददाता, सप्तरी
मिसेस मंगोल, मिस धादिङ् , मिसेस नेपाल आईडल, ब्युटिसियन नेपाल, मिस ब्युटि क्विन नेपाल लगायतका चर्चित प्याजेन्टको आयोजक संस्था एमाजोन ईन्टरटेन्मेन्ट प्रा लि ले सप्तरीको प्रभाबित मुस्लिम बस्तीमा गएर राहत बितरण गरेको छ । एक हप्ता भन्दा अगाडि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई एमाजोन ईन्टरटेन्मेन्ट प्रा लि ले राहत वितरण गरेको हो ।
सप्तरी जिल्लाको बिभिन्न खोलालगायत विभिन्न नदीमा आएको बाढीले धेरै गाबिस प्रभावित भएका थिए । स्थानीय गरिब् एबम पिछडिएका मुस्लिम बस्तीका बासिन्दालाई एमाजोन ईन्टरटेन्मेन्टको सकृयतामा प्रत्येक ५० घरधुरीका प्रत्येक परिवारलाई १ १ केजीका दरले चिउरा, बिस्कुट, मन्जन तथा ब्रस, फुरुनदाना, दालमोठ, चिनी, प्रत्येक महिलाका लागि १ सेट कपडा, ५० वटा ब्ल्यान्केट, ५० कार्टुन वाइवाइ चाउचाउ। ५० कार्टुन पानी, ५० वटा ओछ्याउने लार्जफोम वितरण गरिएको थियो । एमाजोन संगै आर्टिस्ट नेपालले लत्ता कपडा वितरण गरेको थियो । राहत संकलनार्थ टि एम्बर्स ब्युटी सलोन एन्ड एकेडेमीले पनि सहयोग गरेको थियो ।


त्यहाँ करिब ५० घर परिवारलाई रु दुई लाख मूल्य बराबरको राहत साम्रगी वितरण गरिएको एमाजोन ईन्टरटेन्मेन्टमा निर्देशक कमल खतिवडाले बताएका छन ।
लत्ताकपडासहित औषधिसमेत बाँडेको कोरियोग्राफर हिमानी सुब्बाले बताईन । राहत बितरणकार्यमा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीले सहयोग गरेको थियो ।

Amazone Entertainment

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको