Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि… पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

नेपाल चलचित्र तथा सांस्कृतीक प्रतिष्ठानको चित्लाङ्गमा चलचित्र लेखन सम्बन्धि कार्याशाला गोष्ठि

admin

नेपाल चलचित्र तथा सांस्कृतीक प्रतिष्ठानको आयोजनामा मकवानपुरको चित्लाङमा साताव्यापी स्क्रिन राईटिङ्ग वर्कशप २०१९ को आयोजना भैरहेको छ।
भदौ ४ गते देखि १० गते सम्म चल्ने उक्त कार्याशाला गोष्ठीमा नेपाल,भारत, अमेरिका लगायतका विशिष्ठ कलाकारहरुले सहभागिता जनाएका छन ।

सात दिन सम्म चल्ने सो कार्यशालामा नेपालका प्रतिष्ठित चलचित्र लेखकहरु शिवम अधिकारी, अभिमनु निरहवी लगायतका लेखकहरुको सहभागिता छ । कार्यशालामा प्रशिक्षकको रुपमा अमेरिकाबाट कलाकार,निर्माता जेफ मोनाहन आएका छन उनी अमेरिकामा चलचित्र लेखन सम्बन्धि विषय पढाउछन।


त्यस्तै अर्का प्रशिक्षकमा हिन्दि चलचित्रका चर्चित एवं वरिष्ठ चलचित्र लेखक रोबिन भट्ट छन । आशिकी,बाजिगर,दिल हे के मानता नहि,राजा हिन्दुस्तानी,सडक,मोहबते,कोहि मिलगया,ॐअकारा लगायत थुप्रै चलचित्र हिट छ्न। आगामी फेब्रुरी १३ देखि १७ सम्म तेस्रो नेपाल अन्तरास्ट्रिय चलचित्र महोत्सवको तयारी तिव्र पारिरहेको आयोजक कमिटिले वर्कशपबाट उठेका विचार विमर्श महोत्सवमा थप उजागर गरिने जानकारी दिएको छ। अहिले उक्त महोत्सवको बिश्वभरीको लागि आवेदन खुल्ला रहेको छ।
आगामी दिनमा समेत यस किसिमको कार्याशाला गोष्ठीको आयोजना भईरहने जानकारी आयोजक संस्थाले दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको