Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

“1win Ci ᐉ Rome Sportifs Durante Hachure ᐉ 1win Côte D’ivoire Be Care Love “1win Ci ᐉ Rome Sportifs Durante Hachure ᐉ 1win Côte D’ivoire Be Care Love 1win Giriş 1win Güncel Giriş Adresi 2025 1win Türkiye अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य

एकिकृत सहुलियत मुल्यको पसल समुदघाटन

admin

काठमाडौं, २३ भाद्र – उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले एकिकृतसहुलियत मुल्यको पसलको समुदघाटन गरेका छन् । सोमबार रामशाह पथमा आयोजित एक कार्यक्रम माझ मन्त्री यादवले उक्त सहुलियत पसलको उद्घघाटन गरेका हुन । उक्त सहुलियत पसलको उद्घघाटन गर्दै मन्त्री यादवले सरकारले आम उपभोक्तालाई राहत उपलब्ध गराउने उदेश्यका साथ चाडपर्वको अवसर माझ बिशेष छुटका साथ सहुलियत मुल्यको पसल संचालन गरिएको बताए ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सुपथ मुल्यमा सधैं र बिशेष अवसरमा सहुलियत मुल्यमा सामानको बिक्री वितरण गरिनुपर्ने बताउदै बजार मुल्य नियण्त्रणमा सहुलियत पसलले सहयोगीको भूमिका निर्वाह गर्ने पनि बताए ।

वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बजारमा सरकारको उपस्थिती छ भन्ने दर्शाउन सहुलियत पसल संचालन गरिएको बताए ।

त्यस्तै, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले संस्थानबाट बिक्री वितरण गर्ने वस्तुमा कर छुटको ब्यवस्था लागु गरी सहुलियत दरमा वस्तुको बिक्री वितरण गर्नुपर्ने राय पेश गरे ।

त्यस्तै नेपाल चेम्बर, ०३ न प्रदेशका अध्यक्ष कृष्णमान श्रेष्ठले कालोबजारी एेनमा रहेको प्रावधानका कारण आमब्यवसायीहरु डर र त्रासमा रहने गरेको बताउदै ब्यवसाय मैत्री वातावरण तयार पार्न सरकारले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको निर्देशन र आम उपभोक्ताको चाहना बमोजिम प्रमुख चाडबाडलाई लछित गरी विगत झै यस बर्ष पनि सहुलियत पसल संचालनमा ल्एको बताउदै अत्यावश्यकिय वस्तुलाई बजार मुल्य भन्दा पनि सस्तो दररेटमा बिक्री गरिने जनाईन ।

काठमाडौं दुग्ध पदार्थ बिक्री वितरण आयोजनाका प्रमुख राजेन्द्र प्रसाद अधिकारी, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका श्री मणीले चाडपर्वका बखतमा आम उपभोक्ताले सहुलियत पसल मार्फत सर्वसुलभ तबरले संस्थान मातहतका वस्तुहरु खरिद गर्न सक्ने जानकारी दिए ।

संक्षेपमा सहुलियत मुल्यको पसल

वडा दशैँ, तिहार र छठलाई लक्षित गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले उपत्यका सहित देशका विभिन्न स्थानमा ७३ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।

साल्ट ट्रेडिङ्गले उपत्यकामा ११ र उपत्यका बाहिर २२, दुग्ध संस्थानले उपत्यकाका ४ स्थान सहित उपत्यका बाहिरका ११ स्थानमा र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले उपत्यकाको ५ स्थान सहित उपत्यका बाहिरका १८ स्थानमा गरी कुल २३ स्थानमा सुपथ मूल्यको पसल संचालन गरेको छ ।

ठूला चाडहरु दशैँ, तिहार र छठलाई नै मध्यनजर गर्दै बजारमा हुने चरम महङ्गी अभाव र व्यथितिलाई व्यवस्थापन गर्दै सर्वसाधारणमा सहज सुलभ र गुणस्तरिय खाद्यान्न प्रदान गर्ने उद्देश्यले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याईएको हो ।

सुपथ मूल्यका पसलमा सामान्य दाल चामल, नुन, चिनी देखि खसीबोका सम्म उपलब्ध हुनेछ । सहज, सुलभ र गुणस्तरिय वस्तु उपभोक्तामा पुर्‍याउने लक्ष्यका साथ सहुलियत पसल संचालनमा ल्याईएको बताईएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको