Logo
03 Dec 2024    १८ मंसिर २०८१, मंगलवार

ताजा खबर

उपराष्ट्रपति यादवसंग कतारका राजदूतको शिष्टाचार भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने एनपीएलको बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

दसैँको अग्रिम टिकट बुकिङ २२ गतेदेखि खुल्ने

admin

दसैँका लागि आगामी भदौ २२ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी तथा उपभोक्ता मञ्चबीच आज भएको सर्वपक्षीय छलफलमा आगामी २२ गतेदेखि टिकट बुकिङ खुलाउने सहमति भएको हो।

तत्कालका लागि बसहरुमा क्यारियर अर्थात हुट राख्न दिनेगरी विभागले लचकता अपनाएपछि व्यवसायीहरु टिकट बुकिङ खुलाउन सहमत भएका हुन्। यसअघि राजपत्रमा सूचना प्रकाशन गरी क्यारियर राख्न नपाउने व्यवस्था गरिएको थियो।

बसकाे क्यारियरमा मान्छे राख्न पाइने छैन। मान्छे वा कमर्सियल सामान राखेमा जुनसुकै कारबाही भोग्न आफूहरु तयार रहेको व्यवसायीहरुले बताएका छन्। यदी क्यारियरमा मान्छे राखेमा इजाजत पत्र नै खारेज गर्ने यातायात व्यवस्था विभागले जनाएको छ।

हुटमा साधारण झिटीझाम्टा प्रतिव्यक्ति अधिकतम २० किलो बाहेक अन्य व्यापारीक सामान तथा मान्छे राखे कडा भन्दा कडा कारबाही गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराइले बताए। २०७३ असोज ११ गते लागू भएको हुट हटाउनुपर्ने नियम हटाउन फास्ट ट्रया्कबाट काम गर्ने उनले प्रतिबद्धता जनाए।

त्यस्तै यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यक्तिका सामान व्यवस्थापन गर्नका लागि मात्रै हुट राखिने बताए। ‘दसैँको बेलामा २ देखि ३ लाख नेपालीहरु बिदेशबाट आउँछन्, सामान्यतया उनीहरुसँग एउटा टिभी, ठूलो लगेज र ह्याण्ड ब्याग हुन्छ, सामान कहाँ लैजाने’ सिटौलाले भने।

व्यवसायीको हुट राख्नुपर्ने माग ठिक भएको तर हुटमा हेभी सामान राख्दा दुर्घटना हुने सम्भावना बढ्ने हुँदा हलुका सामान मात्र राख्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए।त्यस्तै भाडा समायोजन गर्ने विषयमा आगामी सोमबार छलफल गर्ने सहमति भएको छ। दसैँअघि भने भाडा समायोजन लागू नगरिने भएको छ।दसैँका लागि भनेर काठमाडौं उपत्यकाबाट २५ लाख बढी यात्रुहरु बाहिरिने गर्दछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको