Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

Site Oficial De Apostas Em Football, Esportivas Online E Cassino No Brasil 2025 १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

सहज छैन डक्टर पढ्न नेपालमा

admin

चिकित्सा क्षेत्र पहिले जस्तै अहिले पनि विद्यार्थीहरुको आकर्षणको केन्द्रविन्दुमा रहदै आएको छ ।डाक्टर बन्नु अहिले पनि हरेक बिद्यार्थीको लक्ष्य भएको छ ।विद्यार्थीहरु अन्य व्यवसायीक शिक्षा तिर ढल्किए पनि मेडिकल शिक्षातर्फ विद्यार्थीको चार्म घटेको छैन । मेडिकल शिक्षालाई समाजमा प्रतिष्ठित पेशाका रुपमा हेरिन्छ ।चिकित्सक बनेपछि रोजगारीका लागि सहजहुने हुँदा पनि विद्यार्थीको आकर्षण बढेको हो ।चिकित्सक बन्न रहर भएर मात्रै पनि पुग्दैन यसका लागि विद्यार्थीमा समाज र राष्ट्रप्रतिको दायीत्वबोध, व्यक्तीगत आचरण,व्यवहार र लगनशिलता पनि हुनुपर्छ ।डाक्टर बन्न सहज छैन कसरी बन्ने डाक्टर भन्ने बिषयमा फेयर एक्सप्रेस मासिकले तयार पारेकाे बिशेष रिपाेर्ट ।।

प्रत्यकबर्ष विज्ञान संकायबाट कक्षा १२ उत्तिर्ण गरेका दशहजार भन्दा बढि विद्यार्थीले एमबीबीएस अध्ययनका लागि विभिन्न विश्वविद्यालयका प्रवेश परिक्षामा सहभागी हुने गरेका छन् । नेपाली विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनकालागि रहेको सिमित कोटाका कारण विद्यार्थीहरु एमबीबीएस अध्ययनकालागि छिमेकी राष्ट्र चिन,बंङ्लादेश,फीलीपीन्स जाने गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको नियमअनुसार नेपालबाट चिन,बंगलादेश,फीलिपीन्स लगायत अन्य मुलुकमा एमबीबीएस अध्ययन गर्न जाँदा भाषा कक्षा बाहेकको कम्तिमा ४ बर्ष ६ महिनाको कोर्ष र १ बर्षको ईन्र्टनसिप गर्नुपर्ने हुन्छ ।एमबीबीएस र बीडीएस अध्ययनगर्न विदेश जान चाहने विद्यार्थीले नेपालका विश्वविद्यालयले लिने एमबीबीएस तथा बीडीएसको प्रवेश परीक्षा उर्तीर्ण गनुपर्ने हुन्छ ।नेपाल मेडिकल काउन्सिलले विदेश अध्ययनगर्न जानचाहने नेपाली विद्यार्थीलाई नेपालका विश्वविद्यालय, प्रतिष्ठान र अध्ययन संस्थानले एमबीबीएस र बीडीएस अध्ययनका लागि लिएको परीक्षा(इन्ट्रान्स एक्जाम)मा उत्तीर्ण हुनै पर्ने व्यवस्था गरेको छ । विदेश अध्ययनका लागि काउन्सिलबाट अध्ययन अनुमतिपत्र (इलिजिबिलिटी सर्टिफिकेट) लिनै पर्ने हुन्छ ।काउन्सिलले चिकित्साशिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिनकालागि साझा राष्ट्रिय परीक्षा उर्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागेको भएपनि चिकित्सा शिक्षा ऐन बन्न नसक्दा यो कार्यन्वयन हुन सकेको अवस्था छैन ।चिकित्सा शिक्षा अध्ययनकालागि विदेश जाने नेपाली विद्यार्थीको संख्यामा कहिले बढ्ने त कहिले घट्ने गरेको पाइन्छ ।

न्यूटोनियन साईन्स काउन्सिलिङ इन्सटिच्युटका प्रवन्ध निर्देशक एचबि छेत्रिले नेपालमा एमविविएस अध्ययनका लागि सिमित सिट संख्या भएको र समयमा प्रवेश परिक्षा सञ्चालन नहुदा विदेश अध्ययनमा जाने विद्यार्थीहरुले समस्या भोग्नुपरेको बताए ।चाईनामा एमविविएस अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदै आएका उनले चिनको शिक्षा मन्त्रालयको विदेशी विद्यार्थी अध्यापन गराउन पाउने मापदण्ड पुरा गरेका मेडिकल कलेजको सुचिमा रहेका कलेजमा मात्र विद्यार्थीलाई जान सुझाब दिए । विद्यार्थीलाई मात्र एमबीबीएस कार्यक्रमलाई तिन भागमा बिभाजन गरिएको हुन्छ,पहिलोदुई बर्ष बेसिक मेडिकल साइन्स सँगै किलिनिकल साइन्सको अध्यापन गराइन्छ र बाकीदुई बर्ष छ महिनामा किलीनिकल मेडिसिनका शैद्धान्तिक तथा व्यवहारीक पक्षका विषयमा अध्यापन गराईन्छ भने अन्तिम एक बर्ष बिद्यार्थीले अस्पतालमा इन्र्टनसीप गर्नुपर्ने हुन्छ ।विद्यार्थीले जुन देशमा एमबीबीएस अध्ययन गरेको हो त्यही देशको मेडिकल काउन्सिलमा दर्ता भएर आउने विद्यार्थीलाई मात्र लाईसेन्स परिक्षामा सहभागी गराउने प्रावधान ल्याउन सके परिक्षा अनुर्तिण हुने समस्या न्युनिकरण हुने नेपाल मेडिकल काउन्सिलका प्रवक्ता कृष्ण अघिकारीको बुझाई रहेको छ ।चिकित्सा शिक्षा र सेवामा सुधार प्रयास प्रति हालसम्म मुलुकका सबै प्रमुख दल सकारात्मक हुन नसक्दा डा. गोविन्द केसी आधा दशकदेखि बारम्बार अनशन बस्दै आएका छन् ।
नेपालमा चिकित्सा क्षेत्रमा चाहिने जनशक्ती उत्पादन गर्ने बिभिन्न कलेजहरू रहेका छन् तिमध्ये चिकीत्सक उत्पादन गर्ने मेडिकल कलेजहरु तल उल्लेख गरीएको छ । कतिपय नेपालका अस्पतालहरूले त्यहीभित्रै मेडिकल कलेज पनि चलाएका छन, जस्तै काठमाण्डौँको वीर अस्पतालमा रहेको चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन अस्पतालको पाटन एकेडेमी अफ हेल्थ साइन्स रहेका छन् ।अहिले नेपालमा चार थरीका चिकित्सा अध्ययन संस्थान रहेका छन्, जसमध्य त्रिभुवन विश्वविद्यालय ,काठमाडौँ विश्वविद्यालय,विपी कोइराला इन्सटिच्यूट अफ हेल्थ साइन्स र पाटन एकेडेमी अफ हेल्थ साइन्सले एमबीबीएस अध्यापन गराईरहेका छन् ।त्रिभुवनविश्वविद्यालयको एमबीबीएसलाई सार्क राष्ट्र संगै आसियान मुलुक लगाएत युरोप, अमेरिका,एसिया,अष्ट्रेलीया,अफ्रीका महादेशका विभिन्न राष्ट्रले मान्यता दिएका छन् ।त्रिभुवन विश्व विद्यालयबाट एमबीबीएस अध्यनका लागी दशजोड दुईमा बायोलोजी विषय लिएर कम्तिमा ५० प्रतिशत अंकल्याई बिश्वविद्यालयले लिने प्रवेश परिक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको