Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

प्रस्तोता समाजले रोयल्टी वितरण का साथै पत्रकार सहित ५ जना सर्जक लाई सम्मान गर्ने

admin

प्रस्तोता समाज नेपालले नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुराएका ४ जना अग्रजलाई सम्मान गर्ने भएको छ । रेडियो नेपालका प्रथम गायक हरि प्रसाद रिमाल , अर्का गायक बासुदेव मुनाल, गायक तथा संकलक कृष्ण सुधा ढुङगाना र गायक तथा संकलक मच्छेस्वर सापकोटालाई नगद १० हजार र दोसल्लाले सम्मान गर्ने निर्णय गरेको हो । समाजमा संकलीत रोयल्टी ब्यबस्थापन बापतको प्रशासनिक खर्च बाट अग्रजहरुलाई रोयल्टी बापतको प्रसादी सम्मान भएको समाजले जनाएको छ । सबै क्षेत्रबाट रोयल्टी संकलन हुदाँ यसप्रकारको सम्मानको राशी बढदै जाने पनि समाजले जनाएको छ ।

मंगलवार राजधानीमा एक बिशेष कार्यक्रमको आयोजना गरी सम्मान अर्पण गरिने समाजका अध्यक्ष तुलसी पराजुलिले जानकारी दिएका छन । कार्यक्रममा पत्रकारीताको माध्यमबाट नेपाली गीत संगीतको प्रबद्र्धन , स्रष्टा अधिकार र रोयल्टीका बिषयमा सचेतना जगाएको भन्दै पत्रकार लोकराज अधिकारीलाई पनि सम्मान गर्ने समाजले निर्णय गरेको छ । अधिकारीलाई कदर पत्र र दोसल्लाले सम्मान गरिने समाजले जनाएको छ ।

संस्कृति मन्त्रालयका सचिव महेस्वर न्यौपानेको प्रमुख आतिथ्यमा कमलादिमा हुने कार्यक्रममा ५० जना प्रस्तोतालाई रोयल्टी बितरण पनि गरिने छ । यसपटक एक जना प्रस्तोताको भागमा अधिकतम २ लाख ४८ हजार रुपैया सम्म रोयल्टी आएको अध्यक्ष पराजुलिले जानकारी दिएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको