Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

मनिष र सजलको भिडियोमा ”रावण” को रुपमा देखा परे गजित, (भिडियो सहित)

admin

नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक गजित बिष्ट हालै सार्वजनिक भिडियोमा ”रावण” को रुपमा देखा परेका छन् । पछिल्लो पटक चलचित्र हैरान निर्माण गरेका गजित बिष्ट विगतका भन्दा केहि फरक ढंग बाट दर्शकहरु माझ प्रस्तुत भएका छन् । भिडियोमा उनकै आफनै भाइ गम्भीर बिष्टको निर्देशन रहेको छ भने गजित आफैले यस भिडियोको कोरियोग्राफी समेत गरेका छन् ।

मनिष वशिष्टको शब्द रहेको रावण बोलको गित बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गीतमा मनिष वशिष्ठ र सजन न्यौपानको आवाज तथा संगीत रहेको छ । रावणलाई देख्नासाथ राम मुग्ध भएर भने, ‘रूप, सौन्दर्य, धैर्य, कान्तिले सर्वलक्षण युक्त हुँदा हुँदै पनि यदि रावण भित्र अधर्म बलवान हुँदैन थियो भने सायद उनी देवलोकको पनि स्वामी बन्ने थिए ।’ यही श्लोकमा रहेर रचनाकार वशिष्ठले यस गीतलाई रचना गरेका छन ।

हिन्दु धर्मग्रन्थ अनुसार रावण एक खलपात्र हुन् । धर्मग्रन्थमा लेखिए अनुसार रावणलाई नकारात्मक दृष्टिकोणबाट मात्र चित्रण गरिएको छ, तर रावण भित्र पनि सकारात्मक गुणहरुको खोजि गरेर कलात्मक हिसाबले यस भिडियोको कथा बस्तु तयार पारिएको निर्देशक गम्भीर बिष्ट बताउछन । नवराज उप्रेतीको छायाङ्कन रहेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन ।
भिडियो हेर्नुहोस :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको