Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

रवि र विकासको र्यापमा जान्वीको साथ (भिडियो सहित)

admin

गायक तथा संगितकार विकास श्रेष्ठको शब्द अनि स्वयं विकास र गायक तथा मोडल रवि सुवेदीको स्वर रहेको माया यो कस्तो बोलको गीत युट्युब बाट सार्वजनिक भएको छ । रशलाईट मिडियाको निर्देशनमा रहेको भिडियोको गीतलाई दिपेश सिंहले एरेन्ज गरेका छन । म्युजिक भिडियोमा नायिका जान्वी बोहरा, गायक तथा मोडल रवि सुवेदी तथा विकास श्रेष्ठको अभिनय रहेको छ ।

 

गायक तथा मोडल रवि सुवेदीको यो गीतको अतिरिक्त “गुरांसै फुल्यो” वोलको गितको भिडियो पनि सावर्जनीक हुने तयारीमा रहेको छ । जसमा स्वर तथा अभिनय स्वयं गायक सुवेदीको रहेको छ ।
२० वर्ष अगाडी देखिनै संगीत क्षेत्रमा सक्रिय गायक एवं मोडल सुवेदीले आफुलाई मोडल भन्दा गायकमा आफ्नो परिचय दिन चाहन्छन । “चाहनाहरु” तथा “धेरै पछि” नामक एल्वम सार्वजनीक गरिसकेका सुवेदीले करीव ३ दर्जन भन्दा बढी गितहरुले दर्शकको मन जितिसकेका छन् । विदेशी भूमिमा वसेर पनि नेपाली गित संगितको प्रवद्र्धनमा उतिकै समय दिने गायक सुवेदी यस पटकको नेपाल वसाई क्रममा करीव ४ वटा गित रेकर्ड गरेका छन् भने ३ वटा गितको म्युजिक भिडियो समेत निर्माण गर्न भ्याएका छन् । देश तथा विदेशमा गरि विभिन्न स्टेज कार्यक्रममा व्यस्त हुने गायक सुवेदीको आकर्षक जिउडालका कारण थुप्रै चलचित्रबाट अभिनयको लागि अफर आए पनि कार्यव्यस्तताका कारण उक्त प्रस्तावलाई स्विकार गर्न सकेका छैनन । दशै लगतै अमेरिका फर्कने तयारी गरेका सुवेदी वर्षमा दुई पटक स्वदेश आई गित रेकर्ड गर्ने गरेका छन्

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको