Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

सिनियर ईभेन्ट डाईरेक्टर लब कार्कीलाई थाईलैण्डमा ग्लोबल ईन्टरनेशनल अवार्ड

admin

थाईलैण्डमा सम्पन्न ग्लोबल ईन्टरनेशनल अवार्डमा ग्लोबल ईन्टरनेशनल उत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड वरिष्ठ ईभेन्ट निर्देशक लब बहादुर कार्कीले हात पार्न सफल भएका छन । थाईलैण्डको पटाया स्थित माईक विच रिसोर्टमा आयोजना भएको एक भव्य समारोहका विच थाइल्याण्डका प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, नेपालका वरिष्ठ रचनाकार तथा चर्चित साहित्यकार डा.डि.आर उपाध्याय लगायतको हातबाट लामो समयदेखी आईकन ब्राण्डका बालवालिका,युवा युवती एवं बिवाहित तथा अबिवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीताहरु आयोजना गरेर सफल ईभेन्ट निर्देशकको गरिमा कायम राख्न सफल कार्की हालै मात्र ईभेन्ट म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको अध्यक्षमा समेत निर्वाचित भएका थिए ।

 

नेपालमा सर्वाधिक सौन्दर्य प्रतियोगीता गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रमुख समेत रहेका कार्कीले यस अघि पनि ईभेन्ट व्यबस्थापकको रुपमा विभिन्न अवार्ड एवं सम्मान प्राप्त गरिसकेका छन । ईभेन्टको क्षेत्रमा रहेर ईभेन्ट निर्देशकको रुपमा राष्ट्रसेवामा उल्लेख्य योगदान पुर्याए वापत कार्कीलाई उक्त अवार्ड प्रदान गरिएको हो । विगत लामो समयदेखी ईभेन्ट क्षेत्रमा रही १ दर्जन भन्दा बढी विभिन्न लोकप्रिय सौन्दर्य प्रतियोगीताहरु आयोजना गरि एक सफल ईभेन्ट व्यबस्थापकको रुपमा स्थापित भैसकेका कार्कीलाई यस क्षेत्रमा लामो समयदेखि निरन्तर निष्ठापूर्वक सक्रिय रहदै राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न सेवामुलक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै यस वर्षको ग्लोबल ईन्टरनेशनल ईभेन्ट डाईरेक्टर २०१९ द्वारा अवार्ड प्रदान गरिएको आयोजक संस्था वल्र्डवाईड मिडियाका अध्यक्ष आरके श्रेष्ठले बताए ।

वल्डवाईड मिडिया नेटवर्कको आयोजनामा भएको उक्त समारोहमा गित संगीत, साहित्य, पत्रकारिता, चलचित्र, समाजसेवा लगायतका क्षेत्रमा वर्ष भरी उत्कृष्ट योगदान पुर्याउने स्रष्टा,सर्जक एवं व्यक्तिहरूलाई अबार्ड बितरण गरिएको हो । वल्डवाईड मिडिया नेटवर्कको आयोजनामा भएको उक्त समारोहमा गित संगीत, साहित्य, पत्रकारिता, चलचित्र, समाजसेवा लगायतका क्षेत्रमा वर्ष भरी उत्कृष्ट योगदान पुर्याउने स्रष्टा,सर्जक एवं व्यक्तिहरूलाई अबार्ड बितरण गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको