Logo
03 Dec 2024    १८ मंसिर २०८१, मंगलवार

ताजा खबर

उपराष्ट्रपति यादवसंग कतारका राजदूतको शिष्टाचार भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने एनपीएलको बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

अस्ट्रेलिया जान चाहने बिद्यार्थीहरुका लागि क्याम्ब्रिजको सेमिनार हुँदै

admin

अस्ट्रेलिया अध्यनका लागी जान चाहने विद्यार्थीहरू लाई लक्षित गरी क्याम्ब्रिज इन्स्टिच्युट अफटेक्नोलोजीले एक सेमीनारको आयोजना गरेको छ । उक्त सेमिनारमा अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबीटी) अस्ट्रेलियाका बारेमा जानकारी गराइएको थियो ।

उक्त सेमिनारमा एआइबीटी अस्ट्रेलियाका बिजनेस डेभलपमेन्ट मेनेजर राजु रेग्मीले विद्यार्थीलाई एआइबीटीका बारेमा जानकारी गराएका थिए ।

त्यसै गरी बिजनेस, हस्पिटालीटी, आइटी, नर्सिङ, म्यानेजमेन्ट, फेसन डिजाइनिङ, कमर्सियलकुकरी, हुमनरिसोर्स, ट्राभल ,अटोमोटीभ इञ्जिनियरीङ, मार्केटिङ लगायतका विषयमा शैक्षिक परामर्श प्रदान गरिएको थियो ।

सिड्नी सहरमा दुईवटा ब्रिज्बनमा एउटा र सिंगापुरमा एउटा गरी चार वटा छुट्टा छुट्टै कलेज रहेको कलेजका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।

प्रत्येक महिना इन्टेक रहेको यस शैक्षिक संस्थामा अध्यनका लागी आधारभूत आवश्यकता शैक्षिक प्रमाणपत्रमा ६० प्रतिशत भन्दा माथि र आइइलटीएसमा ६ हुनुपर्ने प्रावधान रहेको छ ।

क्याम्ब्रिज इन्स्टिच्युट अफटेक्नोलोजीले अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबीटी) का बारेमा उपत्यका बाहिरका आफ्नो शाखा कार्यालयहरूमा विशेष सेमिनारको आयोजना गर्ने क्याम्ब्रिजका प्रवन्धनिर्देशक शिशिर सिम्खडाले बताए ।

त्यस्तै २५ गते विर्तामोड, २६ गते दमक, २७ गते इटहरी, २८ गते विराटनगर र २९ गते धरानमा सेमिनार हुने उनले जनाएका छन् ।

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले लामो समय देखी भारत, अमेरिका, अस्ट्रेलिया, बेलायत, युरोपियन मुलुक लगायतका गन्तव्यमा अध्ययनका लागी परामर्श दिँदै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको