Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

समस्या समाधान नभए चाड पर्वमा ग्यासको आयात ठप्प पार्ने चेतावनी

admin

बुलेट सञ्चालनको समस्या समाधान नभएका कारण ग्यास उद्योग व्यबसायीहरुले दशैं, तिहारमा खाना पकाउने एलपी ग्यासको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारकै स्वीकृतिमा निर्माण भइसकेका बुलेट सञ्चालनमा ल्याउन पहल नगरेको भन्दै दवावस्वरुप आगामी दशैं तिहारमा ग्यास ढुवानी ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका हुन् । दशैं, तिहार, छठ जस्ता पर्वहरु तथा चुनाव समेत नजिकिँदै जाँदा पनि बाध्यात्मक परिस्थितिका कारण ग्यासको आपूर्तिमा अवरोध सृजना हुनसक्छ,’ संघले जारी विज्ञप्तीमा भनिएको छ । शुक्रबार बसेको संघको २२ औं साधारणसभाले बुलेट सञ्चालनको वातावरण बनाउन सरकारलाई १५ दिनको अल्टिमेटम समेत दिइसकेको छ ।

बुलेटको समस्या समाधानका लागि पहल र समन्वय गर्न संघका नवनिर्वाचित अध्यक्ष गोकुल भण्डारीको संयोकत्वमा निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे, कार्यसमिति सदस्य जितवहादुर कार्की, राजकुमार सिन्धी, सल्लाहकार कृष्णकुमार श्रेष्ठ सम्मिलित पाँच सदस्यीय समिति समेत गठन गरिएको छ ।

भारतमा ४ सय बुलेट बनिसकेर थन्किएको पनि नौ महिना बितिसकेको छ ।’ बुलेट सञ्चालन गर्ने अनुमति नपाउँदा त्यसमा गरेको लगानी जोखिममा परेको र ‘बुलेट निर्माणका लागि बैंकबाट लिएको ऋणको किस्ता तिर्न पनि धौधौ पर्दा व्यवसायी मर्कामा परेका छन् तर अव भने बुलेट सञ्चालन गर्ने वातावरण नबने सम्म व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने संघको माग छ ।

नेपाल सरकारले ७ सय ७५ वटा नेपाली नम्बरप्लेटका ग्यास बुलेट सञ्चालनका लागि अनुमति दिएको थियो । अनुमति पाएर झण्डै चार सय ग्यास बुलेट निर्माण भइसके पनि भारतले खतरामुक्त प्रमाणपत्र ‘एक्प्लोसिभ लाइसेन्स’ जारी नगरिदिँदा ती बुलेट थन्किएर बसेका छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको