Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

पेजेन्ट नेपालको आयोजनामा फाल्गुन १ गते ‘ओसीस स्पा भ्यालेन्टाईन फेशन शो’ हुने

admin

काठमाडौं प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो हुने भएको छ । आउदो फाल्गुन १ गते बिहिवार अर्थात फेब्रुरी १३ का दिन पेजेन्ट नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न गायक तथा सांगीतिक समूहको प्रस्तुति रहनुको साथै डान्स पार्टी समेत रहने छ।

उक्त कार्यक्रममा चर्चित गायक सपन श्रेष्ठ, बिनोद ढकाल, सावित्री प्रिथि, रामकृष्ण श्रेष्ठ, जय देवकोटा लगायतको सांगितीक प्रस्तुति रहने छ भने लोकप्रिय हांस्य कलाकार गोपाल ढकाल, छन्दे तथा चर्चित डान्सर रोहीत मगरको आकर्षक प्रस्तुती रहनेछ ।
२० जना मोडलहरुको र्याम्प शो रहने उक्त शो मा नायिका तथा मोडल ऐनी कुंवर, नायक संजित भण्डारी तथा मिसेस टुरिज्म एम्बेसडर वल्र्ड,मलेसियाका विजेता एवं मोडल सिलाष्मा हमाल शो स्टपर्स रहेका छन । साझँ ५ बजेबाट शुरु हुने शो को कोरियोग्राफर स्वस्तिका कार्की रहेकी छिन भने पुरुष मोडलहरुमा शेर खान, राकेश बखुन्छे, जोसेफ बस्नेत, सुदर्शन श्रेष्ठ, सागर मगर, जेवीक श्रेष्ठ,सुमन घिमिरे र प्रिन्स प्रसिद्ध सिंह थापा रहेका रहेका छन भने महिला मोडलहरुमा हिमा विष्ट, लक्ष्मी खत्री, कामना काफ्ले, रसिला गुरु, बिना थापा, स्प्रिह श्रेष्ठ, सुस्मिता श्रेष्ठ, पुष्पा कुंवर, प्रिया ढकाल र अक्षेता पोख्रेल रहेका छन । आयोजक पेजेन्ट नेपालकी प्रबन्ध निर्देशक एवं फेशन डिजाईनर ममोथा बस्नेत तथा क्रिजुसु बुटीकका फेशन डिजाईनर सुशिला थापाको आकर्षक डिजाईन रहने ड्रेसलाई मोडलहरुले प्रस्तुती दिनेछन । साथै भ्यालेन्टाईन्स डेको अवसर भएकोले विशेष जोडी पहिरनलाई आकर्षक ढंगले र्याम्पमा मोडलहरुलाई प्रस्तुत गरिने आयोजक तथा ओसीस स्पाकी प्रमुख सुशिला थापाले जानकारी दिईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको